कृषि उपकरणको सहि सदुपयोग गरेर उत्पादनमा बृद्वि गर्नु पर्ने : नगर प्रमुखको आग्रह
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराई अनुदानमा पाएको बस्तुलाई कम महत्व दिने प्रबृत्तिको विकास भएको बताउँदै त्यसलाई त्यागेर महत्वका साथ हेर्न आग्रह गर्नु भयो उहाँले आधुनिक कृषि औजारको प्रयोग गरेर उत्पादनमा समेत बृद्वि गर्न आग्रह गर्नु भएको थियो ।शनिबार गल्याङ नगरपालिकाको सिटीहलमा आयोजित कृषि मेशिनरी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको थियो ।नगर प्रमुख भट्टराईले भन्नु भयो तपाईलाई दिएको मेसिनरी बस्तु जतन गरेर मर्मत गरेर सञ्चालन गर्न सकियो भने त्यसबाट बचेको पैसाले बाटोघाटो,पुल कुलेसा स्कूल निर्माणमा टेवा पुग्ने कुरा बताउनु भयो ।
कृषकले पाएको बस्तुको सहि रुपमा सदुपयोग गर्नु पर्ने र त्यसबाट आफूले मात्रै भन्दा पनि छरछिमेकमा सस्तो शुलभ दरमा मेसिनरी बस्तु उपलब्ध गराएर कमाउने भन्दा पनि सेवा भावले अगाडि बढ्न समेत आग्रह गर्नु भयोे ।बेलाबेलामा मर्मत सम्भार गर्नु पर्ने र त्यसका लागि तालिम नगरपालिकाले सञ्चालन गरिदिने र कृषकलाई प्रोत्साहीत गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने र गल्याङ नगरलाई कृषिमा आत्मनिर्भर बनाउने अभियानमा आफू र नगरपालिका लागेको कुरा बताउनु भयो ।कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेले जनतालाई प्रत्येक्ष फाईदा पुग्ने कार्यक्रम सञ्चालन गर्ने र उत्पादनसंग जोडेर आर्यआर्जन गर्ने खालका कार्यक्रम सञ्चालन गर्न कृषकका आवश्यकतालाई नगरले बुझेर सम्बोधन गर्ने पक्षमा लाग्ने कुरा बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा,गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई लगायतले मेसिनको सहि सदुपयोग गरि कृषि कर्मलाई सहज बनाउन समेत आग्रह गर्नु भयो ।गल्याङ नगरपालिकाले ३० लाख र कृषकबाट ३० लाख गरि कुल ६० लाखमा टेन्डर आवहान गर्दा ४९ लाख ४ हजार ८सय ६ रुपैयाँमा सामग्री खरिद गरिएको र करिब करिव कृषकका लागि ७०प्रतिसत अनुदान पर्न गएको नगरपालिकाले जनाएको छ ।हातेट्रयाक्टर ७० वटा ,कुटानीपिसानी मेसिन ४० वटा र ब्रसर मेसिन (घाँस काट्ने मेसिन) ६ थान वितरण गरिएको थियो । ट्याक्टरको मुल्य ४८ हजार ८०० ,कुटानी पिसानी मिल २७ हजार ५सय र घास काट्ने मेसिन १४ हजार ८सय १ रुपैयाँ मुल्यको सामग्री ५० प्रतिस अनुदानमा उपलब्ध गराएको कृषि शाखा प्रमुख शिव ढकालले बताउनु भयो ।