असार १३, नवलपरासी
नेपाल सरकारका भुमी ब्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ विहिबार बर्दघाट आउनुहुने भएको छ । श्रेष्ठ भुमिहिन तथा सुकुम्बासीहरुलाई जग्गा धनी पुर्जा वितरण गर्नका लागि बर्दघाट नगरपालिका वडा नम्बर १३ मा आउने राष्ट्रिय भुमी आयोग नवलपरासीका अध्यक्ष देवराज भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार मन्त्री श्रेष्ठले ९० भुमिहिन तथा सुकुम्वासी परिवारलाई पुर्जा वितरण गर्ने कार्यक्रम रहेको छ । लामो समय देखी लालपुर्जाको पर्खाईमा रहेका नागरिकहरु उत्साहीत भएका छन् ।