स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं.७ बरलाम निबासी ४८ बर्षीय जसुदा पाण्डे विगत ७ महिनादेखि क्यान्सर पीडित एकल महिला त्यसमा पनि घरको आर्थिक अबस्था कमजोर भएकाकारण उपचारमा समस्या भएपछि स्थानीय आमासमूहको पहलमा आर्थिक संकलन अभियान थालिएको छ ।स्थानीय जनसेवा आमा समूह,कालीगण्डकी आमा समूह, लालिगुरासँ आमा समूह, पालिचौर आमा समूहको संयुक्त पहलमा उहाँको उपचारका लागि १ लाख २४ हजार १ सय संकलन गरेर एक कार्यक्रमका बिच हस्तान्त्रण गरियो ।
उहाँको उपचार यस भन्दा अगाडिका दिनमा भारतको शिलगुडीमा भएको भएता पनि अब भरतपुर अस्पताल चितवन लैजाने तयारी भएको परिवार स्रोतले जनाएको छ । घरको आर्थिक अबस्ता कमजोर भएका कारण स्थानीयले खाद्यन्न तथा नगद सहयोग गरेका छन ।
सहयोग रकम हस्तान्त्रण गर्दै कालीगण्डकी गाउँपालिका वडा नं.७ का वडाअध्यक्ष ओम प्रकाश भट्टराईले गाउँपालिकाले उहाँको उपचारका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको र स्थानीय आमा समूहले खेलेको भूमिका प्रति धन्यवाद दिदै सेवा नै धर्मको हो भन्ने मान्नेता राखेर एक मानवलाई सारोगारो आपत परेका बेला सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो ।हामी सबैको सानो सानो सहयोगले उहाँको जीवन रक्षामा टेवा पुग्ने बताउदै देश तथा विदेशमा रहनुहुने महानुभावलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।कार्यक्रममा मिर्मी आधारभूत विद्यालयका पूर्व प्रअ राम प्रसाद भट्टराई,जनसेवा आमा समुहकी अध्यक्ष गोमता भट्टराई, कालीगण्डकी आमा समूहकी अध्यक्ष कमला कुमारी भूषाल जनसेवा आमा समूहकी सहसचिव सुमित्रा अर्याल भट्टराई लगायतले आफ्नो खानाको केही अंश कटाएर मानवसेवामा लाग्न आग्रह गर्दै उहाँको उपचारमा अझै साथ सहयोग गर्ने कुरा बताउनु भएको थियो ।पीडित जसुदा पाण्डेले भन्नु भयो आफ्नो आम्दानीको केही स्रोत नभएको र जग्गा जमिन बिक्री गर्न पनि नभएको आफू बिरामी भए पछि घरको अबस्था दयिनीय भएको कुरा बताउदै सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै भोलिका दिनमा पनि सहयोग गर्न आग्रह गर्नु भयो ।कार्यक्रममा सञ्चारकर्मी टिकाराम अधिकारीले समाजमा रहेका समस्या,दुःख पीडा र समस्याहरुलाई आमजनसमुदायमा ल्याउनु र आवाज बिहिनको आवाजलाई बाहिर ल्याएर उहाँहरुको सेवा गर्नु हामी सञ्चारकर्मीको धर्म भएको बताउदै सबैले आफ्नो आफ्नो धर्म र कत्वर्य निवाह गर्नु पर्ने कुरा बताउनु भयो ।