हेर्नुहोस् आजको नितिबचन !

प्रकाशित मिति:

महाजनस्य संसर्गः, कस्य नोन्नतिकारकः।
पद्मपत्रस्थितं तोयम्, धत्ते मुक्ताफलश्रियम् ।।–नीति श्लोक
महापुरुषको संगत सबैको उन्नतिकरक हुन्छ, जसरी कमलको पत्तमा परेको पानी पनि मोतीजस्तै टल्किन्छ र सुन्दर बन्छ ।

महापुरुष भनेका सज्जन असल व्यक्तित्व हुन् । जसको संगतले जीवन सुन्दर बन्न सक्छ । जीवनलाई सुन्दर बनाउन चाहनेले महापुरुषको संगत गर्नु भनिएको छ । त्यही पानी हो अन्त त्यति सुन्दर बन्दैन जवसम्म त्यो कमलको पातमाथि पर्दैन । जब पानी कमलको पातमाथि पर्छ हठात् उक्त पानीको स्वरूपमा सुन्दरता झल्किन थाल्छ । त्यसैगरी जीवनलाई सुन्दर बनाउने भनेको महापुरुषको संगतले हो । अतः महापुरुषको संगत गर्नुपर्छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –