मेरील्याण्ड राज्यको बाल्टिमोरमा आयेजना गरिएको एक घर समूह भोज ब्लक पार्टीमा गोलाबारी हुदा एक १८ वर्षीया महिला र २० वर्षीय पुरुषको मृत्यु भएको र अन्य २८ जना घाइते भएका अधिकारीहरूले बताएका छन्।घटनास्थलबाट नौ जनालाई अस्पतालमा लगिएको र २० जनालाई यस क्षेत्रका अस्पतालहरूमा लगिएको छ।घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
१८ वर्षीय युवतीको घटनास्थलमै र २० वर्षीय युवकलाई अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।१२ जना बिरामीको उपचार भइरहेको छ भने चार जना बिरामीहरूलाई बाल चिकित्सा आपतकालीन विभागमा उपचार भइरहेको सिएनएनले जनाएको छ ।प्रहरीले बिहान १२ः३० बजे पछि धेरै मानिसहरुले यस बारे जानकारी दूरवार्ता९ फोन०बाट गराएको बाल्टिमोर प्रहरी कार्यवाहक आयुक्त रिचर्ड वर्लीले बताए ।यस समयमा संदिग्ध वा उद्देश्य बारे कुनै जानकारी नभएको तर अन्वेषकहरूले “बृहत् अपराध स्थलमा काम गरिरहेको वर्लीले बताए ।