पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध |

प्रकाशित मिति:

पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ ।भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाएको हो ।सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई दिएको जानकारी अनुसार मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १७२ जनालाई अनुसन्धान गरिएको छ ।उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप पनि लागेको समाचारमा जनाइएको छ । ‘अनुसन्धानको सूचीमा रहेका १७२ जना सवैलाई देश बाहिर जान नपाउनेगरी प्रतिवन्ध लगाइएको छ,’ उनले भने ।पूर्वराष्ट्रपति जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति भएका थिए । उनी हाल प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष छन् ।जर्दारीकी श्रीमती र पूर्वप्रधानमन्त्री बेन्जेजिर भुट्टो हत्याको ११औँ वर्ष हुनै लाग्दा सरकारले यस्तो आदेश दिएको हो ।

उनीहरूको सन् २००७ को डिसेम्बर २७ तारिखका दिन चुनावी र्यालीमा सहभागी भएका बेला आत्मघाती बम हमलामा परी रावलपिण्डीमा हत्या भएको थियो ।