ट्रिपरले दियो एकैपटक ४ ट्याक्सीलाई ठक्कर, एकको मृत्यु !

प्रकाशित मिति:

पुष १३ काठमाडौँ । काठमाडौँ बाइपास चोकमा ट्रिपरले एकैपटक ४ ट्याक्सीलाई ठक्कर दिएको छ । ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने घाइते भएकी छिन् । मृत्यु हुनेमा धादिङ धुनिबेशी– ४ का ५८ वर्षीय दल बहादुर विसुङ्खे रहेका छन् भने घाइतेमा उनकी ५७ वर्षीया श्रीमती सानुनानी विसुङ्खे रहेकी छिन् । धर्मस्थलीबाट विहान ५ बजे एयरपोर्टमा भइरहेको पुननिर्माणका लागि माटो लिएर जाने क्रममा दुर्घटना भएको हो । मृतक र घाइते दुवै बाइपास चोकमा चिया बेच्नेहरु रहेको खुल्न आएको प्रहरी नायब उपरीक्षक (डिएसपी) होविन्द्र बोगटीले बताउनुभयो ।
बोगटीमा अनुसार अहिले ट्रिपर चालकलाई नियन्त्रण लिइसकेको छ । बाेगटीले घाइतेकाे अवस्था भने अहिले सामान्य रहेको बताउनुभयाे । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।