भ्वाइस अफ नेपाल अब यूकेमा !

प्रकाशित मिति:

सञ्जयभक्त कँडेल/पुष १३ , लन्डन । अब आवाज नै बन्नेछ पहिचान। कडेन्जा यूकेको व्यवस्थापनमा एएनसी इभेन्ट म्यानेजमेन्ट प्रालिको चर्चित कार्यक्रम ‘भ्वाइस अफ नेपाल’ को प्रस्तुति अब बेलायतमा हुने भएको छ। नेपालमा सफलरूपमा आफ्नो प्रस्तुति दिँदै आएको भ्वाइस अफ नेपाल यूकेको विभिन्न शहरमा भिन्न मिति र स्थानमा आयोजना हुने आयोजक कडेन्जा यूकेले जानकारी गराएको छ।१६ फेब्रुअरीमा हवकिङ कम्युनिटी सेन्टर, फ्लोकस्टोन, १७ फेब्रुअरी अकफार्म लिजर एन्ड एक्टिभिटी क्लब फार्नबोरो, १८ मा द कन्फ्रेस सुट, बर्मिहङगम, २३ मा फेल्थहाम कम्युनिटी कलेज, फेल्थहाम, २४ मा एसियन कम्युनिटी सेन्टर, प्लमस्टेड, २ मार्च पञ्जाबी कम्युनिटी सेन्टर, केम्ब्रेई स्वीनडन स्ट्रीट, ३ मार्च साउथ रिडिङ कम्युनिटी सेन्टर, रिडिङसमेत गरी ७ स्थानमा कार्यक्रम गरिने प्रारम्भिक सूचना कडेन्जा यूकेले सार्वजनिक गरेको छ।

गायन विधामा नवप्रतिभालाई प्रतिस्पर्धाका माध्यमबाट उत्कृष्ट आवाज पहिचानमा स्टेज दिँदै आएको भ्वाइस अफ नेपाल नेपालमा लोकप्रिय कार्यक्रम हो।