गायिका पुनम सुनारको लोक दोहोरी गीत लाहुरे मायाको गीतले दर्शकको मन जित्दै

प्रकाशित मिति:

सुदीप गौतम। बुटवल –लोक दोहोरी गायिका पुनम सुनार सुर्य खड्का र दिपेन थापाले गाएको नया लोक दोहोरी गित “लाहुरे माया”ले छोटो समयमा दर्शकको मन जित्न सफल भएको छ ।

शिब अकेलीको लय शब्दमा उक्त गीत सार्बजनिक भएको हो। उक्त गीतको एरेन्ज याम थापाले गरेका हुन्। भने अडियो सम्पादन एच बि एन किस्मतले गरेका हुन् । लोमस शर्मा ,राज के सी ,अस्मिता रनपाल ,करण खतिवडा ,ममता रानामगर ,र प्रिया गुरुङले अभिनय गरेका छन। प्रसान्त मगरको नृत्य निर्देशन ,मुकेस हुमागाईको छायांकन ,अमृत चापागाईको सम्पादन रहेको गीतलाई निर्देशन कुमार के सी ले गरेका हुन्।

उक्त गित लोक प्रिय लोक दोहोरी गायक सुर्य खड्काको युट्युब च्यानल देखि बजारमा आएको हो।  पाल्पा जिल्लामा जन्मिएकी गायिका पुनम सुनार बुटवल बाट कलाकारिता यात्रा गरेकी उनले हाल काठमान्डौ मा बसेर कलाकारिता यात्रामा संघर्ष गरिरहेकी छन। उनको सालैजो ,लोक प्रिय गायक प्रकास सपूत संगको सहकार्यमा  नाच्यो झिल्के  तिज गीत मेरो छोरो होईन भन्छे र गत बर्षको तीजमा रन्कियो मादल गीत बजारमा आएको छ गीतको सफलताको शुभकामना