गुल्मीको खैरेनीमा प्रथम सत्यवती महोत्सव सुरु |

प्रकाशित मिति:

सुरेश थापा
खैरेनी गुल्मी ।“कृषि पर्यटनको पूर्वाधार, आर्थिक विकासको मुल आधार” भन्ने नाराका साथ आज देखि प्रथम सत्यवती खैरेनी महोत्सव सुरु भएको छ । खैरेनी युवा क्लवको आयोजना तथा सत्यवती गाउपालिका र खैरेनी वजार व्याव्थापन समितिको सह आयोजनामा आज देखि सुरु भएको महोत्सवमा कृषि,पर्यटन ,विभिन्न व्यवसाय, धरहरा ,बाल उधान विभिन्न मनोरञ्नात्मक स्टलहरु गरी जम्मा ७० वटा स्टलहरु रहेका छन् |१० दिन सम्म चल्ने प्रथम सत्यवती खैरेनी महोत्सवको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले गाउपालिका भित्र प्रशस्त पर्यटकीय स्थलहरु रहेको र त्यसको प्रचार प्रसार गर्न सके गाउपालिकाको विकासमा टेवा पुग्ने बताउनु भयो । कृषि, पशुपालन तथा पर्यटकीय क्षेत्रहरुलाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको बताउदै प्रमुख ढकालले सवैको साथ र सहयोगको अपेक्षा समेत व्यक्त गर्नुभयो ।करिब ३ करोड रुपैयाँको कारोबार हुने र २० हजार दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवको उद्घाटन पुर्व झि नेवा समाज खैरेनीद्धारा झाकि साथै स्थानिय बाजागाजा सहितको शोभा ¥याली निकालिएको थियो ।

महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने क्लवका अध्यक्ष टिकाजित बुढाथोकिले जानकारी दिनुभयो । पौष २१ गते सम्म चल्ने महोत्सवको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष सुवर्ण शाहि शेर्चन ,उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, पत्रकार महासंघ गुल्मीका नवराज भुसाल ,वडा नं. नं. ६ का वडा अध्यक्ष विष्णु प्रसाद भण्डारी, गाउ कार्यपालिका सदस्य होम भुजेल, वडा सदस्य कृष्ण भण्डारी, पत्रकारहरु, इलाका प्रहरी कार्यालय खैरेनीका खुम बहादुर कुवँर, बजार व्यवस्थापन समितिका सिद्धिमान श्रेष्ठ, के.यू.बि.के. का खड्मान सुब्बा, कृष्ण प्रसाद घिमिरे, दामोदर पोख्रेल, सिद्धार्थ बचत तथा ऋण सहकारीका अध्यक्ष पूर्ण बहादुर राना, समाजसेवि देवि प्रसाद भण्डारी लगायतको आथित्यता रहेको थियो ।युवराज न्यौपानेको स्वागत मन्तव्य र भरत क्षेत्रीको संचालनमा कार्यक्रम संपन्न भएको हो । देशका विभिन्न भागमा मेला महोत्सवहरुको आयोजना भैरहेको समयमा गुल्मीको सत्यवती खैरेनीमा पनि  प्रथम सत्यवती खैरेनी महोत्सव सुरु भएको छ ।