रवीन्द्र मिश्रको विवेकशील साझा पार्टी फुटको संघारमा ,ओम अर्यालले दिए राजीनामा!

प्रकाशित मिति:

काठमाडौं , १३ मंसिर- विवेकशील साझा पार्टीमा आन्तरिक विवाद बढेको छ । पार्टी नेतृत्वबाट असन्तुष्ट अधिवक्ता ओम अर्यालले राजीनामा दिएका छन् ।नेताहरू डा. सरोज धिताल, डा. दिनेश प्रसाई, रेशु अर्यालले पनि यसअघि नै पार्टी छोडिसकेका छन् । अहिलेकै शैलीमा पार्टीमा रहेर वैकल्पिक राजनीति गर्न नसक्ने उनीहरूको ठहर छ । पार्टी संयोजक रवीन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाललगायतले एकलौटी ढंगले पार्टी चलाएको र केन्द्रीय सदस्यहरूलाई भूमिका नदिएको उनीहरूको आरोप छ ।
पार्टीका अर्का संयोजक उज्वल थापा आन्तरिक विवादकै विषयमा जिल्लाका नेता\कार्यकर्ताहरूसँग छलफल गरेर काठमाण्डु फर्केका छन् । उनी पनि चाँडै ठोस निर्णय लिने तयारीमा रहेको स्रोतले जनाएको छ ।नेतृ तथा स्थानीय निर्वाचनमा काठमाण्डु महानगर की मेयर उम्मेदवार रन्जु दर्शना पनि नेतृत्वप्रति असन्तुष्ट छिन् ।
नयाँ पत्रिकाबाट