राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

प्रकाशित मिति:

पुष १३ काठमाडौँ– राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उनकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा गए राति १ बजे निधन भएको छ । उनी विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने ९हेमाटोमा० र मधुमेह रोगको नियमित उपचारमा थिए । केही दिनयतादेखि अलि असहज महसुस गर्दैआएका राई गए र शौचालयबाट फर्केर सुतेलगत्तै निधन भएको व्याकुल माइलाले बताए ।विसं २००४ साल असोजमा जन्मिएका स्वर्गीय राई २० वर्षसम्म अध्यापन गरेर सेवा निवृत्त पछि सामाजिक सेवामा संलग्न थिए। आर्दश र निष्ठावान व्यक्तिका धनी तथा सामाजिक जीवनमा सधैँ समर्पित स्व राई गाविस अध्यक्ष तथा ओखलढुङ्गा जिल्ला विकास समितिको सदस्यसमेत थिए । स्व राईको जातीय परम्पराअनुसार आजै ओखलढुङ्गामा अन्तिम संस्कार गरिने जनाइएको छ ।