नेकपा स्थायी कमिटी बैठक लम्बियो !

१३ पुष २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
23 Shares

File

पुस १३, काठमाडौं– नेकपा स्थायी कमिटी बैठक शुक्रबार पनि बोलाइएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओलीको प्रतिवेदनलाई परिमार्जन गर्न आवश्यक रहेको भन्दै केही स्थायी कमिटी सदस्यहरुले आवाज उठाएपछि बैठक आज पनि बस्न लागेको हो । बिहिबारको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले स्थायी समितिका सदस्यहरुले उठाएका विषयमा आफ्नो जवाफ दिएपछि यसलाई पारित गर्न आह्वान गरेका थिए । तर यसलाई परिमार्जन नगरी पारित नहुने आवाज उठेपछि शुक्रबार पुन बस्नेगरी बैठक स्थगित भएको थियो ।
दुई घण्टाबढी समय बोलेका अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पारित गर्न गरेको आग्रहप्रति वामदेव गौतम, भीम रावल, घनश्याम भुसालले विरोध जनाएका थिए । बैठकमा योगेश भट्टराई, अग्नी सापकोटा, रघुजी पन्त, बेदुराम भुसाललगायतकाले पनि हात उठाउँदै बोल्न समय मागेका थिए ।२९ मंसिरदेखि जारी स्थायी कमिटी बैठकमा सहभागीहरूले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गर्दै कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया