एकमहिना देखि युवती बेपत्ता, खोजि गर्न सबैलाई आग्रह

प्रकाशित मिति:

शपन कुमार एञ्जील
१३ पुस, बुुटवल । विगत १ महिनादेखि बुटवल मिलनचोक, तीनकुनेबाट हराएकी १५ वर्षीया मुना हिताङ्ग फेला नपर्दा परिवारमा त्रास उत्पन्न भएको छ । गत मंसिर महिनाको ९ गते करिव ३ बजेतिर मिलनचोक तीनकुनेबाट बुद्धनगरमा रहेको स्कुलमा भाइलाई लिन भनि हिँडेकी हिताङ्ग घर नफर्किएको युवतीका बाबु सुरेश नेपालीले बताए ।युवतीलाई छरछिमेक, आफन्त र वरपर खोजी गर्दासमेत पत्ता नलागे पछि गत मंसिर ११ गते मंगलबार आफन्तजन प्रहरीको समक्ष पुगेका थिए । प्रहरीले पटक पटक इलाका प्रहरी कार्यालय, बुटवलमा बोलाए पनि कुनै सन्तोषजनक सूचना दिन नसकेको परिवारको गुनासो छ ।प्रहरी कार्यालयमा निवेदन हालेको शुरुका केही दिनसम्म कहिले कल डिटेल नआएको, कहिले कल डिटेल मागको लागि पठाउन भुलेको लगायतका कुरा गरेर प्रक्रियालाई लम्बाइ झनै दुःख दिएको परिवारले बताएको छ ।वेपत्ता युवतीका बाबुका अनुसार छोरीले हराएको तीनदिन पछि फोन गरेकी र फोनमा आफु सुरक्षित बताए पनि त्यस पश्चात कुनै सम्पर्क नभएको बताएका छन् । फोनमा आफू कहाँ, को सँग र कुन अवस्थामा छु भन्ने कुरा त्यस पछि नगरेको बताएका छन् ।कहीँ कतै कसैको दवाव या कुनै डर धम्कीमा युवतिले फोनमा सुरक्षित भएको बताएकी हो की भन्ने त्रासले गर्दा युवतीका परिवार भने फोन आए पनि अझै चिन्तामा छन् ।
यता इलाका प्रहरी कार्यालयका डिएसपी डिल बहादुर मल्लका अनुसार अदालति प्रक्रिया मार्फत कल डिटेल माग गरेर हेरेको तर शंकास्पद अरू कुनै पनि तरिका फेला नपरेको बताएका छन् ।पछिल्लो समयका पुस्ता निकै बाठो भएर सिमकार्ड र मोवाइल परिवर्तन गरेका कारण टेलिकम मार्फत माग गरिएको कल डिटेल र मोवाइलको इएमआई माध्यम समेत नभएको डिएसपि मल्लले जानकारी दिए ।

छोरी बेपत्ताहुँदाको पीडा एकातिर र अर्कोतिर प्रहरीले केहीगरि पनि पत्ता लगाउन नसकिने प्रतिक्रिया दिए पछि झनै काटेमाथी नुनचुक दले बराबर भएको परिवार व्यक्त गरेकाछन् ।