गभर्नरद्वारा विभिन्न लायन्स क्लवहरुमा पदस्थापना

प्रकाशित मिति:

दाङ, ७ साउन । दाङ जिल्लामा रहेका विभिन्न लायन्स क्लवहरुमा पदस्थापना गरिएको छ । लायन्स क्लव इन्टरनेशनल ३२५ एन का डिष्ट्रिक गभर्नर मुकुट ढकालले दाङ जिल्लामा रहेका विभिन्न क्लवहरुमा पदस्थापना गराउनुभएको हो ।सोही क्रममा आइतबार राप्ती इञ्जिनियिरङ कलेजमा आयोजना गरिएको कार्यक्रममा लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङ, लायन्स क्लव गुरुकुल र लायन्स क्लव राप्ती अम्विेश्वरीका पदाधिकारीलाई पदस्थापना गरिएको थियो । लायन्स क्लव राप्ती इञ्जिनियरिङका लागि बर्ष सन् २०२२÷२०२३ का अध्यक्ष मधुसूदन बैद्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन डिष्ट्रिक गभर्नर ढकालले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गभर्नर ढकालले जेष्ठ नागरिक, बालवालिकालाई हुने क्यान्सर, भोक विरुद्धको अभियान, रक्तदान र बातावरण जोगाउने अभियानमा लायन्सकर्मीहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले यस बर्ष जनप्रनिधिहरुसंग सहकार्य गरेर काम गर्नका लागि योजना बनाएको जानकारी दिंदै डिष्ट्रिक ३२५ एन अन्तरगत रहेका सवै क्लवले कम्तिमा एउटा वडालाई कार्यक्षेत्र बनाएर काम गर्न सुझाव दिनुभयो ।कार्यक्रममा प्रथम भाइस गभर्नर विनोद कुमार श्रेष्ठ, द्वितिय भाइस गर्भनर ज्ञानेन्द्र श्रेष्ठ, डिष्ट्रिक ३२५ एनकी सचिव उमा थापा मगर, एक्जुकेटिभ चिफ लव अधिकारीले बोल्नुभएको थियो । यसैगरी लायन्स क्लव राप्ती इञ्जिनियरिङका अध्यक्ष शरद अधिकारीलाई बर्ष २०२२÷२०२३ का अध्यक्ष मधुसूदन बैद्यले पद हस्तान्तरण गर्नुभएको थियो भने अधिकारीले यस बर्ष तोकिएका कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा लायन्स गुरुकुलका अध्यक्ष आशा चौधरीले आफ्नो कार्यकालमा गर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो ।

बरिष्ठ लायनकर्मी प्रतापकुमार शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन धनेश्वर चौधरी र शर्मिला चौधरीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन एरिया नं. २ का चिफ डा. भिमसेन गिरीले गर्नुभएको थियो ।यसैगरी विहान आयोजित कार्यक्रममा लायन्स क्लव घोराही सिटी, लायन्स क्लव राजविद्या, लायन्स क्लव घोराही सिटीको संयुक्त पदस्थापना कार्यक्रम गरिएको थियो । डिष्ट्रिक गर्भनर लायन मुकुट ढकाल को उपस्थितिमा कार्यक्रम भएको थियो । लायन्स क्लव इन्टरनेशन डिष्ट्रिक ३२५ एनको बार्षिक कार्यतालिका अनुसार एरिया नं. २ अन्गरतका क्लवहरुमा पदस्थापना गरिएको गर्भनर ढकालले बताउनुभयो । डिष्ट्रिक ३२५ एन अन्तरगत रहेका पाँचवटा एरिया मध्य बाँकी चारवटा एरियामा पनि कार्यक्रम आयोजना गरेर पदस्थापन गर्ने तयारी गरिएको छ ।