धरानः नेपाली कांग्रेसले धरानमा ग्रीन एण्ड क्लिन धरान अभियान थालेको छ । ४१औं वी.पी. स्मृति दिवसको अवसर पारेर शुरु गरेको अभियान धरानको वडा नं. १ र २ मा सम्पन्न भएको छ । अभियानमा न्यूनतम् एक घर एक विरुवा रोपरे ग्रीन धरान बनाउन विरुवा वितरण गर्ने गरिएको छ भने सडक सरसफाई, डेङ्गुको लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण समेत संगसंगै गरेर क्लिन धरान बनाउने कार्य भईरहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । उनले हरेक वडामा घरघरमा गई कम्तीमा एक विरुवा रोप्ने, सडक सरसफाई गर्ने तथा डेङ्गुको लार्भा नष्ट गर्ने कार्य र सचेतनामूलक पर्चा वितरण गर्ने कार्य गरिने बताए ।पूर्व नगर सभापति किशोर राईले कांग्रेसको यो अभियानवाट जनतामा सकरात्मक सन्देश गएको र नगरवासीहरु खुशी भएको पाईएको बताउंदै यो अभियानले कांग्रेसलाई जनताको घरघरमा पु¥याएको बताए ।
घर कम्पाउण्ड तथा करेसावारीमा रोप्न सकिने तेजपत्ता, अमला, टांकी, धुपी, चिउरी, हर्रावर्रा, कागती, कफी, शिरिस, सिसौं, लप्सी, बकाइनो, पारिजात लगायतका विरुवाहरु घरघरमा उपलब्ध गराइएको कार्यक्रम संयोजक मचिन्द्र राईले बताए ।कांग्रेसको ग्रीन एण्ड क्लिन धरान अभियान भदौ १० गतेसम्म १ महिना सञ्चालन हुने क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए ।नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेले अभियान अत्यन्तै राम्रो भएको र एक–दुई सय तेजपत्ताको विरुवा उपलब्ध गराईदिन आग्रह गर्दै आफु पनि घरघरमा विरुवा वितरण गरी अभियानमा जोडिने प्रतिक्रिया दिएका छन् ।नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा सञ्चालित अभियानमा कांग्रेसको कोशी प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेशसभा १(१) र १(२) कार्यसमिति, नगर कार्यसमिति, वडा कार्यसमिति र भातृ तथा शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।