‘म सधै तिम्रो’ लिएर आए प्रबिन

प्रकाशित मिति:

युवा पुस्ताका माझ लोकप्रिय गायक प्रबिन खड्काले पछिल्लो पटक ‘म सधै तिम्रो’ लिएर आएका छन् । कर्म रेकर्डस्ले बजारमा ल्याएको प्रबिनको गीत उनका अन्य गीत भन्दा बिशेष रहेको बताउँछन् । यस अघि तिमी नै मेरो जीवन, बिर्सन खोज्दा, फूलको संघर्ष , तिम्रो माया , हरपल हरक्षण लगायतका गीत ल्याइसकेका छन् । उनको पछिल्लो गीत म सधै तिम्रो को म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । गीत तथा भिडियोमा सुरज बिष्ट, केशब दुलाल, विनोद लामा, सुवास गुरुङ्ग, दीपा राना, शुष्मा श्रेष्ठ, आयुष श्रेष्ठ, प्रतिस प्रज्ज्वलले साथ दिएका छन् ।

भिडियोमा हेरौं प्रविनको गीत …..