भैरहवा, साउन । उच्च शिक्षा अध्ययनका लागि घरपायक हुँदा सहज हुने वक्ताहरुले बताएका छन् । शुक्रबार पशुपति कलेजका स्नातक दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई गरेको स्वागत कार्यक्रममा बोल्ने वक्ताहरुले घरपायक कलेज आर्थिक र शैक्षिक प्रगतिकालागि सहज हुने बताएका हुन् । उच्च शिक्षाका लागि घर छोडेर अन्यत्र जाँदा खर्चिलो हुने हुँदा घर नजिकको कलेजमा अध्ययन गर्दा आर्थिक रुपमा सहज हुने र समयको वचत हुने हुँदा अध्ययन गर्न सहज भएको वक्ताहरुले बताएका छन् ।कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तममा नगरपालिका १६ का अध्यक्ष झबिलाल भूसालले नजिकको कलेजमा समय बचत हुने र कम खर्चिलो हुने हुँदा समान किसिमको शिक्षाका लागि टाढा जान नहुने बताए । बिएड र बिबिएस अध्ययनका लागि विद्यार्थी टाढा धाउँदा समय अनावश्यक खर्च हुने भएकोले समान शिक्षालाई विद्यार्थीहरुलाई टाढा नधाउन आग्रह गरे ।
निमित्त क्याम्पस प्रमुख जितबहादुर राजकोटीले उच्च शिक्षामा विद्यार्थीहरुकै कडा मिहिनेत र लगनशीलताले नै क्याम्पसको उचाई माथि पुगेकाले नयाँ विद्यार्थीहरु पनि सो पथमा लम्कि क्याम्पसको गरिमा कायम राख्न सफल हुने विश्वास व्यक्त गरे । कलेजबाट ग्रेजुएट भएका विद्यार्थी राष्ट्रको विभिन्न तहका उच्च ओहोदामा पुगेकोले यहाँ अध्ययनरत विद्यार्थीको लक्ष्य उच्च हुने पर्ने प्रमुख राजकोटीले बताए ।क्याम्पस सञ्चालक समतिका अध्यक्ष तामबहादुर रानाले विद्यार्थीहरुको हरेक रचनात्मक गतिविधिलाई सम्मान गर्ने भएकोले यसप्रकारको कार्यक्रम आयोजना गरेकोमा विद्यार्थीप्रती धन्यवाद ज्ञापन गर्दै क्याम्पसलाई थप व्यवस्थित बनाउ लागि परेको बताए । कार्यक्रममा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत, मायाको चिनोले सम्मान गरेका थिए भने नृत्यका माध्यमबाट रोमाञ्चक बनाएका थिए ।