अध्ययन भन्छ : पुरुषमा प्रायः तीन दिनमा यौनचाहना बढ्छ

प्रकाशित मिति:

करुणा कुँवर म ४९ वर्षीया जागिरे महिला हुँ । विवाहका समयदेखि नै मेरो श्रीमानले मलाई तिम्रा कारण मैले निरस यौन जीवन बिताउनुपर्‍यो भनेर आरोप लगाइरहनुहुन्छ । यो आरोप लगाउन थाल्नुभएको पनि ३० वर्ष बितेछ । तैपनि हामी जसोतसो जीवन बिताइरहेका छौं । तर, आजभोलि उहाँमा चिडचिडे स्वभाव बढेर गएको छ । उमेर ढल्कँदै गए पनि उहाँमा यौनका विषयमा लिएर हुने झगडा कम भएको छैन । उहाँ आजको दिनमा पनि दैनिक एक वा दुईपटक यौन सम्पर्क राख्न दबाव दिनुहुन्छ । मैले प्रेमपूर्वक व्यवहार गर्दा हप्ताको एकपटक यौन सम्पर्क गर्न म तयार भएको बताएको पनि वर्षौं भयो । तर, उहाँले त्यसरी यौन इच्छालाई मार्न नसक्ने भन्ने कुरा गर्नुहुन्छ ।हामीवीचको यो समस्यालाई कसरी सुल्झाउन सकिन्छ ? यो उमेरमा पनि दैनिक दुईपटक यौन सम्पर्क राख्ने इच्छा रोगकोे लक्षण हो कि होइन ? यो समस्याबाट पार पाउन पारपाचुके गर्नु नै उपयुक्त लाग्न थालेको छ । छोराछोरी र सामाजिक दबावका कारण यो कदम उठाउने हिम्मत गरेकी छैन । तर, सधैं बन्धन र दबावमा परेको महसुस हुन्छ, म के गरौं ?
७२ घण्टामा वीर्य उत्पादन हुन्छ

तपाईंको प्रश्नमा कतिपय कुरा छुटेका छन् । यसमा श्रीमानको उमेर र उहाँ कुन परिवेशको व्यक्ति हुनुहुन्छ भन्ने कुरा पनि थाहा भएको भए मलाई उत्तर दिन सजिलो हुने थियो । यद्यपि तपाईंको प्रश्नमा धेरै कुरा आइसकेका कारण त्यही प्रश्नलाई लेखेर तपाईंको समस्या समाधान गर्ने प्रयास गर्नेछु ।जब यौन चाहनामा भिन्नता भएको थाहा पाइन्छ, एक अर्कालाई दोष लगाउनु भन्दा पनि किन भिन्नता आइरहेको छ, त्यसको समाधान दुईजना मिलेर खोज्ने र दवैले उपयुक्त समाधान खोज्नु उचित हुन्छ यो प्रश्न पढ्दा तपाईको र श्रीमानको यौन चाहनामा भिन्नता भएको बुझिन्छ । दाम्पत्य जीवनमा श्रीमान्-श्रीमतीको यौन इच्छाका बीचमा तादात्म्य नमिल्दा यस्ता समस्या आउँछन् । विकसित मुलुकमा प्रेमपछि लिभिङ् टुगेदर, त्यसपछि मात्र विवाह गर्ने प्रचलन सुरु भएको धेरै भइसक्यो । यसको कारण नै केटा र केटीबीच यौन जीवन मिलेको छ कि छैन भनेर महसुस गर्नु नै हो । नेपालमा त्यो सम्भव नहुँदा धेरै जोडीले यौनमा खिन्नता अनुभव गरेका छन् । निश्चय नै महिला र पुरुषको मानसिक र शारीरिक अवस्था फरक हुन्छ । फरक सामाजिक परिवेश र परिवारबाट आएका व्यक्तिले यस किसिमको समस्या झेल्नु पर्ने हुन्छ । बेलायतमा गरिएको एउटा राष्ट्रिय र्सवेक्षण अनुसार २७ दशमलब ४ प्रतिशत महिलामा र २३ दशमलब ४ प्रतिशत पुरुषका यौन चाहनामा भिन्नता हुने देखाएको थियो । अर्थात सय जोडीमध्ये २७ महिलाले आफ्नो श्रीमानको यौन चाहाना आफूसँग नमिलेको बताएका थिए । त्यसैगरी सयमध्ये २३ पुरुषहरुले आफ्नो यौनसाथीप्रति असन्तुष्टि जनाएका थिए । कहिलेकाहीँ महिलामा यौन चाहना पुरुषमा भन्दा बढी हुने पनि पाइएको छ । तर, जब यौन चाहनामा भिन्नता भएको थाहा पाइन्छ, एक अर्कालाई दोष लगाउनु भन्दा पनि किन भिन्नता आइरहेको छ, त्यसको समाधान दुईजना मिलेर खोज्ने र दवैले उपयुक्त समाधान खोज्नु उचित हुन्छ ।

यस्तो हुनुको पछाडि तनाव वा उमेर अनुसार हार्मोनको कमी, नयाँ औषधीको सेवन आदि हुनसक्छ । उच्चस्तरको यौन सन्तुष्टि प्राप्त गर्नेमा दुईजना वीचको गुणस्तरीय सम्बाद र यौनलाई आकर्षक तरिकाले पेस गर्ने सीप नै महत्वपूर्ण हुन्छ । जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाही यौनका बारे वा भनौं दुवैको शरीरलाई राम्ररी बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या नै हुने गरेको धेरै उदाहरणहरु छन् । अनुसन्धान अनुसार पुरुषहरुको विर्यको उत्पादन, प्राकृतिक टेस्टोस्टेरोन हार्मोनका कारणले उनीहरुले यौन सम्पर्कद्वारा हरेक ७२ घण्टामा वा हरेक तीन दिनमा वीर्य स्खलन गर्न चाहन्छन् । यसले के स्पष्ट गर्न भने पुरुषहरुमा हरेक तीन दिनमा स्वभाविक यौन चाहाना प्रकट हुन्छ । महिलाहरुको हकमा भने केही फरक तथ्य देखिएको छ । महिलामा पनि यौन इच्छाको तीब्र हुन्छ तर यो दिन वा सातामा भन्दा पनि विशेष अवस्थामा हुन्छ । अनुसन्धानमा धेरै महिलाले महिनावारी शुरु हुन लागेको समयमा यौन चाहाना तीव्र हुने बताएका छन् ।

केहीले महिनावारी भएको केही समयपछि आफू यौन सम्बन्धमा लालायित भएको बताएका छन् । महिलालाई यौन चाहाना प्रकट भएका बेला पुरुष आकर्षक नभएमा वा पुरुषको यौन चाहनामा महिला आकर्षित नभएमा यस्ता समस्या आउँछन् । यसले नै असमझदारी, शंका र झगडाको अवस्था सिर्जना गर्छ ।तपाईले पनि यस्तो अनुभूति गर्नु भएको हुन सक्छ । तर, तपाईंका श्रीमानको तीव्र यौनेच्छाका कारण त्यो भावनाको अनुभव गर्न नपाउनु भएको हुन सक्छ । तर, याद गर्नुहोस्, श्रीमान केही दिनका लागि घर बाहिर भएका बेला तपाईंमा यी इच्छाहरु पक्कै आएका हुन्छन् ।हरेक व्यक्तिको यौन इच्छा फरक हुन्छ, दुई व्यक्ति जब दाम्पत्य जीवनमा प्रवेश गर्छन् एक अर्काको यौन इच्छाको फरकपनलाई कसरी एकै खालको बनाउने त्यो चाही महत्वपूर्ण कुरा हो ।तपाईको प्रश्न पढ्दा यौन प्रवृत्तिमा कुनै फरकपन आएको हो र थप अप्ठ्यारो बनाउन नदिन बरु तपाईहरुको यौन इच्छा या दैनिक जीवनका बारेमा कुरा गर्न जरुरी छ । तपाईहरु वीच कुनै चिन्ता, मतभेद वा झगडा छ कि त्यो पनि प्रष्ट हुन जरुरी हुन्छ । प्रश्न पढ्दा एकअर्काप्रतिको सम्मान गर्ने स्वाभावमा कमी भएको पनि बुझिन्छ । एकअर्का प्रतिको आकर्षणमा कमी भएको पनि हुन सक्छ । अथवा भनौं मानसिक तनावका धेरै स्रोतहरु हुन सक्छन् । तिनीहरुको बारेमा पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ । एकअर्कालाई दोष लगाउने गर्दा दैनिक जिवनमा विभिन्न समस्याको सिर्जना हुन सक्दछ र तपाईको सम्बन्ध झन् जटिल बन्दै जान्छ । दुईजनावीच यौन चाहनालाई लिएर भावना साटासाट वा भावना संचार गर्नुपर्ने हुन्छ । तपाईको समस्याको वास्तविकतामा पुग्नु अगाडि यस्ता धेरै विषयहरुलाई केलाउनुपर्ने हुन्छ । तपाईको श्रीमान्मा अन्य केही समस्या हो कि भन्ने हो भने विशेषज्ञको मा जचाउन उपयुक्त हुन्छ । दिनमा एकपटक भन्दा बेसी यौन चाहना भनेको अत्याधिक तनाब जुन बाल्य अवस्थादेखि नै भएको पनि हुन सक्छ । त्यसकारण एक-पटक विशेषज्ञकोमा नै सल्लाह लिनु उपयुक्त हो भन्ने लागेको छ ।