अष्ट्रेलियामा नेपाली युवतीको शव भेटियो

प्रकाशित मिति:

काठमाडौं, १३ पुस : अष्ट्रेलियामा एक नेपाली युवतीको शव फेला परेको छ । न्यु साउथ वेल्सका प्रहरीहरुले २२ वर्षीया नेपाली युवतीको शव फेला परेको र मृत्यु कसरी भयो भन्नेबारे केही खुलाएको छैन । गएको शनिबार ती युवती ब्यांक्सटाउन सडकमा अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीका अनुसार डिसेम्बार २२ मा चापेल रोडबाट उनलाई अचेत अवस्थामा अस्पताल लगिएको थियो । उक्त घटनाबारे प्रहरीले जानकारी पाएको र तत्काल उनलाई ब्याक्सटाउन हस्पिटल लगेको एनएसडब्लु बताएको छ ।एनएसडब्लु प्रहरीका अनुसार उनको मृत्यु हुनुको कारणबारे अनुसन्धान भइराखेको जनाएको छ ।
ती युवती विद्यार्थी भिषामा अष्ट्रेलिया आएकी हुन् वा अन्य कुनै प्रक्रियाबाट आएकी हुन् यसबारे पनि अनुसन्धान भइराखेको बताएको छ । यसबारे छिट्टै प्रहरीले आफ्नो अनुसन्धानको निष्कर्ष बाहिर ल्याउने बताइएको छ ।