एपिक म्युजिक अवार्डको टप ५ मा परेकी गितकार सरु को हुन ?

१३ पुष २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
87 Shares


 

पुष १३ ,बुटवल ।

गितकार एवम संचारकर्मि शारदा मरासिनी सरु एपिक नेपालको म्युजिक अवार्डमा परेकी छन ।अर्घाखाची जिल्लाको भुमिकास्थान नगरपालिका १ ढाकावांगमा बाबा लाल मरासिनी र आमा पवित्रा मरासिनीको कोखबाट कान्छो सन्तानको रुपमा जन्मिएकी हुन । पांच सन्तानमध्ये २ दिदी र २ दाजुकी एकमात्र बहिनी सरु सानैदेखि नेपाली गितसंगित भनेपछि हुरुक्कै हुन्थिन ।सानैदेखि गित गुनगुनाउन रुचाउने र लेख्न खोज्ने सरुले औपचारिक रुपमा २०७० सालमा सहपाठी सालिक बस्नेतसंगको सहकार्यमा राजकुमार बगरको संगित स्मृति शाहीको स्वरमा आफनो शब्द मा भेटन जति सजिलो भो छुटन उति गाह्रो भयो भन्ने बाजी एल्वम बजारमा लिएर नेपाली गितसंगितमा पाईला टेकिन ।उनको पहिलो पाईला नै सहि ठाउमा टेकेजस्तै नै भयो पहिलो गितले उनलाई गितकार भनेर चिनाउन सफल भयो । यो गित रुचाईएपछि उनलाई गितसंगित प्रतिको मोहले झन नजिक नजिक तान्न खोज्यो त्यसपछि १ वर्षको ग्यापछि २०७२ सालमा सहकर्मि उषा किरण पन्थसंगको सहकार्यसंगै राजकुमार बगरको संगित र फिमेल भोकलमा स्मृति शाहीको स्वरमा डर एल्वम बजारमा आयो पछि त्यहि गितलाई उनकै सहकर्मि अनिल पहाडीको स्वरमा मेल भोकलमा बजारमा आयो ।यो गितपछि उनी आफना गितसंगित बजारमा ल्याउने क्रम बढदै गयो त्यसपछिको गित भन्देउन तिम्रो रोजाईमा किन पर्न सकिन भन्ने रोजाई गित बजारमा लिएर आईन जसमा मेल तर्फ राजुबाबु परियारको स्वरमा बजारमा आयो भने फिमेलतर्फ श्रेयसी चेम्जोंग लिम्बुको स्वर राजकुमार बगरको संगित र उनको शब्द श्रृजनामा बजारमा आयो ।सधै एकै किसीमका गितसंगितहरु अर्थात सेन्टीमेण्टल गित लेखि रहने सरुले त्यसपछि थोरै आफनो धार परिवर्तन गरिन सेन्टिमेण्टल भन्दा पनि अब अलिकति रमाईलो फाष्ट विटको गित निकालौ भनेर उनी अहिले सुपरडुपर हिट ईनरजेटिक संगितकार अर्जुन पोखरेलसंग गित गर्ने निर्णय लिई उनको संगितमा सुपरडुपर हिट गायक प्रमोद खरेलको स्वरमा आधुनिक एल्वम मन मा समावेश हावासरी गित बजारमा लिएर आईन ।सोहि गित एपिक नेपालको म्युजिक अवार्डको लागी नव गितकार तर्फ टप ५ मा पर्न सफल भयो । सोहि गितलाई श्रोता दर्शकले रुचाएको कारण भोट आफुलाई आउनेमा उनी ढुक्क छिन ।संगै सवैमा उनले भोट गरिदिन आग्रह गरेकी छन भोट गर्नको लागी मोवाईलको म्यासेज बक्समा गएर ई एम ए टाईप गरि एक स्पेश दिएर १६३ टाईप गरि ३८६८७ मा सेन्ट गर्न उनको आग्रह रहेको छ । बुटवलको रेडियो रिपब्लिकमा कार्यरत सरुका लोक गित पुर्णिमा जुन पनि चर्चित गित हो ।

निरन्तर गितलेखि रहेकी सरु यता तिर भने संगितकारको रुपमा प्रस्तुत भएकी छन यो गितमा उनको संगित रन्जु पाण्डेको शब्द र प्रेम केसी र संझना भण्डारीको स्वरमा बजारमा आयो र अब २ वटा लोक दोहोरी गित उनकै लय शब्दमा बजारमा आउने क्रममा रहेको गितकार सरुले बताएकी छन । अब हेरौ सोहि गित

 

फेसबुकबाट तपाईको प्रतिक्रिया