लक्की शेर्पाबारे प्रतिवेदन तयार, केहि दिनमै निर्णय आउने

प्रकाशित मिति:

पुुस १३, काठमाडौँ । सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाबारे छानविन प्रतिवेदन तयार भएको बताएका छन् ।

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले भने ‘भर्खर परराष्ट्रमन्त्री र सचिव अमेरिका भ्रमण सकेर आउनुभएको छ अहिले प्रतिवेदन अध्ययन भइरहेको छ ।’ प्रतिवेदन सरकारलाई प्राप्त भइसके पनि निर्णय लिन बाँकी रहेको तर केहि दिनमै निर्णय सार्वजनिक हुने मन्त्री बाँस्कोटाले बताए ।

राजदुत शेर्पामाथि आफ्नै सवारी चालक वाङ्छु शेर्पाले पैसा खाएर आफुलाई अष्ट्रेलिया पुर्‍याएको आरोप लगाएका थिए ।