विभिन्न लागुऔषध सहित पक्राउ

प्रकाशित मिति:

पुस १३, काठमाडौँ । सशस्त्र प्रहरी बल पर्साबाट खटिएको सयुक्त टोली र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको सयुक्त प्रहरी टोलीले विभिन्न किसिमका लागुऔषध सहित एक जना मानिसलाई नियन्त्रणमा लिएका छन् ।

१२ गते बेलुका साढे ७ बजे बिरगंज महानगर पालिका वडा नं. १६ स्थित बीरगंज भंसार कार्यालय अगाडी बिभिन्न सवारी साधन तथा पैदल यात्रु चेकजाँच गर्ने क्रममा संयुक्त टोलीले बिरगंज महानगर पालिका वडा नं। ५ स्थायी घर भएका ३९ को सनि मानन्धरको साथबाट विभिन्न परिमाणमा लागुऔषध फेला पारी नियन्त्रणमा लिएको हो । मानन्धरको साथबाट फेला परेका लागुआषध र परिमाण :

औषध ईन्जेक्सन डाईजिल्याव – ३०० पिस
फेनारगन – ३०० पिस
नुर्फिन – ३०० पिस
नाईट्रोभेट ट्याबलेट – ४५ पिस
विन चेरेक्स (WIN CIREX) – ५ वटा बोतल

विभिन्न किसिमका लागुऔषध सहित प्रकाउ परेका मानन्धरलाई जिल्ला प्रहरी कार्यालय पर्सामा लगि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।