नेरेसो महामन्त्रीद्धारा रामेछापको भवन शिलान्यास

प्रकाशित मिति:

रामचन्द्र वि.क. रामेछाप
पौष १३ /  नेपाल रेडक्रस सोसाइटी भुकम्प प्रतिकार्य कार्यक्रमले जिल्ला शाखा रामेछापमा विपद् प्रतिकार्य सहज गराउन संस्थागत क्षमता विकास मार्फत विपद् पूर्वतयारी हेतु राहत भण्डारणका लागि गोदाम घर निर्माण कार्य शुरु गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले गोदामघरको शिलन्यास गर्नुभयो । रु. ७४,५५,७०४ लागत अनुमान रहेको भवन साढे दुइतले निर्माण गरिनेछ । भवन आगामी असार सम्ममा सम्पन्न हुनेछ ।