आगामी तीन वर्षभित्र कोही पनि फुसको छानाको घरभित्र बस्नु पर्दैन : मन्त्री खतिवडा

प्रकाशित मिति:

सिन्धुली – अर्थ मन्त्री डा. युवराज खतिवडाले भूकम्प पीडितलाई पाँच प्रतिशत ब्याजदरमा पाँच लाख रुपैयाँसम्म ऋण दिन सरकारले तयारी गरिरहेको बताउनु भएको छ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा शुक्रबारदेखि सुरु भएको ३ नम्बर प्रदेशस्तरीय ‘प्रादेशीक महोत्सव २०७५’ को उद्घाटनका क्रममा उहाँले यस्तो बताउनु भएको हो ।  उहाँले भूकम्प पीडितलाई राहत दिन सकारले यस्तो नीति ल्याउन लागेको बताउनु भएको हो । आगामी तीन वर्षभित्र कोही पनि फुसको छानाको घरभित्र बस्नु नपर्ने बताउँदै मन्त्री खतिवडाले त्यसका लागि ‘जनता आवास कार्यक्रम’ ल्याएको जानकारी गराउनुभयो । जनता आवास कार्यक्रमको कार्यविधि समेत तयार भइसकेको छ ।’मेला महोत्सव उत्पादन प्रणालीलाई जोड्ने एउटा चक्र भएको चर्चा गर्दै उहाँले दोहोर कर प्रणाली छिट्टै अन्त्य हुने बताउनुभयो ।   । उद्योगीहरुलाई लगानी गर्न आह्वान गर्दै उहाँले लगानीपूर्ण वातावरणको सिर्जनामा सरकारले ग्यारेन्टी गर्ने बताउनुभयो । प्रदेश नम्बर ३ का विभिन्न जिल्लामा उत्पादन भएका घरेलु सामान, कृषि, पर्यटन, उर्जा, कला र संस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यले सुरु भएको उक्त महोत्सव पुस २२ गतेसम्म सञ्चालन हुने आयोजक सिन्धुली उद्योग वाणिज्य सङघले जनाएको छ । महोत्सव कमलामाई नगरपालिकाको सहकार्यमा सुरु भएको हो ।