नयाँ शक्तिको रोहेडी गाउँपालिकाकोे संयोजकमा खान

प्रकाशित मिति:

वुटबल,१३ पुष
वसन्त आचार्य  ,नयाँ शक्ति पार्टी, नेपालको रुपन्देहीको रोहेडी गाउँपालिकाको भेला  सम्पन्न भएको छ । भेलाले ईम्राईन खानको नेतृत्बमा १५ सदस्यीय कमिटी समेत गठन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै नयाँ शक्तिका केन्द्रिय कार्यकारी सदस्य   देबेन्द्र पाण्डेले नेपालमा बिकासका सम्भाबना धेरै भएता पनि उचित तरिकाले परिचालन गर्न सकिएमा मात्रै पनि नेपालको बिकास हुने बताउनु भयो ।

त्यसैगरी नयाँ शक्तिका रुपन्देही संयोजक किस्मत बिकले पार्टी केन्द«को ५ महिना ५ काम ५ परिमाणलाई पूर्णरुपमा सफल बनाउनको लागि नयाँ शक्ति रुपन्देहीले आफ्ना कुरा सबै जिल्लाबासीलाई जानकारी गराउने बताउनु भयो । अभियानलाई पूर्णरुपमा सफल बनाउनको लागि गम्भीर भएर अगाडि बढन पार्टीका नेता तथा कार्यकतालाई आबहान गनुभयो ।
भेला धनेश्बरी चौधरीको अध्यक्षतामासम्पन्न भएको थियो । नयाँ शक्तिले रुपन्देहीमा पनि ५ महिना ५ काम ५ परिमाणलाई तीव्रताका साथ अगाडी बढाउने प्रचार प्रसार बिभाग प्रमुख भुवन पौडेलले बताउनु भयो ।