जिल्ला स्तरिय एन प्याब्सन वक्तृत्वकलाको उपाधी सगरमाथालाई !

प्रकाशित मिति:

झविन्द्र देवकोटा/बुटवल, १३ पुस । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियशन एन प्याब्सन रुपन्देहीले गरेको तेस्रो जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधी देवदहको सगरमाथा आवासिय माध्यमिक विद्यालय शितलनगरले जितेको छ । समृद्ध राष्ट्र निर्माणमा निजी विद्यालयको योगदान, सीप एवं संस्कारयुक्त शिक्षा अबको साझा अभियान भन्ने शिर्षकमा भएको प्रतियोगिताको उपाधी सगरमाथा माविकी छात्रा कृतिका अर्यालले जितेकी हुन् । सैनामैना मेमोरियल स्कुलमा भएको प्रतियोगितामा विजेता अर्यालले नगद ४ हजार सहित शिल्ड तथा प्रमाण पत्र हात परेकी छन् । रुपन्देहीका विभिन्न स्थानका ११ विद्यालयहरु सहभागि रहेको प्रतियोगितामा मुनाल बोर्डिङ्गकी विशाखा खाँड द्वितीय, देवदह बोर्डिङ्गकी शिला पाण्डे तृतिय र स्कलर्स होम बोर्डिङ्गका आयुस भूषालले सान्त्वना स्थान हासिल गरेका हुन् ।
उनीहरुले क्रमश तीन, दुई र एक हजार नगद सहित शिल्ड तथा प्रमाणपत्र हात पारेका छन् । एन प्याब्सनका जिल्ला अध्यक्ष देउप्रकाश राईको अध्यक्षतामा भएको कार्यक्रममा विजयी विद्यार्थीलाई पुरस्कार बितरण गर्दै एन प्याप्सनका केन्द्रिय सदस्य कृष्णप्रसाद पौडेलले अतिरिक्त कृयाकलापले बिद्यार्थीको शैक्षिक सङै चौतर्फि विकास गर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठानका प्रदेश संयोजक डिल्लीनारायण पाण्डे, प्राध्यापक प्रकाश पौडेल, एन प्याब्सनका सचिव जेबी क्षेत्री लगायतले विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।