जिल्ला प्रहरी कार्यालय गुल्मीमा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रमेश विश्वकर्मा गुल्मी, १३ पौष । जिल्ला प्रहरी कार्यालय गुल्मीले आर्थीक बर्ष २०७५/०७६ को सार्वजानिक सुनुवाई सम्पन्न गरेको छ । जिल्लामा प्रहरीले गरेका कामकर्तव्य तथा साउनदेखि यताका सम्पूर्ण गतिविधि सार्वजानिक सुनुवाईमा प्रस्तुत गरिएको थियो । गुल्मी प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमको आजसम्म भएगरेका सम्पुर्ण गतिविधि सार्वजानिक गरेको हो । प्रहरीले सार्वजानिक सुनुवाईमा ट्राफिक ब्यबस्थापन भन्दै राजश्व असुली तथा चालक सहचालकलाई सडकमै प्रशिक्षण दिएको,विद्यालयमा साइबर जनचेतना तथा जिल्लाका सबै ठाउँमा पुगेर गुल्मी प्रहरीले जनचेतनामूलक कार्यक्रम संचालन गरेको र कार्यक्रमबाट सबै परिणाम नदेखिएपनि कार्यक्रम उपलब्धीमूलक र प्रभाबकारी भएको कार्यप्रगति प्रस्तुत गर्दे जिल्ला प्रहरी प्रमुख दिपकुमार बस्नेतले बताउनुभएको छ ।

गुल्मी प्रहरीले जिल्लामा अपराध हुनै नदिन,सुचना संकलन गर्न,स्थानिय तहमा रहेका आम नागरिक सँग समन्वय गर्नै भन्दै दैनिक रुपमा सामुदायिक गस्ती २१,शहरी तथा ग्रामिण गस्ती १९,गाडी मोटरसाइकल तथा मोबाइल गस्ती १८ वटा संचालन गरेको छ । प्रहरीले गैरकानुनी कार्य हुन नदिन,अपराध भइसकेपछि स्थानिय भूमिका ,घटनास्थलको सुरक्षा,लागुऔषध तथा अवैध मदिरा बिक्रीबितरण र ओसारपोसार,सडक सुरक्षा र दुर्घटना हुन नदिन,सडकमै चालक र सहचालकलाई जागरुप बनाउन,सवारी नियम स्थानीय सर्वसाधारण सबैलाई जानकारी बनाउन जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ । जनचेतनामूलक कार्यक्रम अधिकांश स्थानमा गरिसकेको र बाँकी रहेका स्थानमा पनि कार्यक्रम संचालन गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीले स्थानिय तह र समाज सँग सहकार्य गरेर पनि कार्यक्रम विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । जसअन्र्तगत समुदाय प्रहरी साझेदारी निर्माणमा जिल्ला समिति १,पालिका समिति १२,वडा समिति ८७ वटा गठन गरेको छ । त्यस्तै प्रहरी विद्यालय समिति ६९ गठनगरिसकेको,अवैध घरेलु मदिरा बरामद नष्ट,प्राकृतिक रुपमा उम्रेका गाँजा फडानी लगायत काम सम्पन्न गरेको पनि कार्यक्रममा प्रस्तुत गरिएको छ । गुल्मी प्रहरीले महिला तथा बालबालिका सेवा केन्द्र तथा उद्धार तर्फ हराएका ३२ महिलाको निवेदन परेको जसमध्ये २१ महिला भेटिएको,बालक हराएका ७ जना मध्ये ७ जना नै भेटिएको,बालिका हराएका ११ जना मध्ये ९ जना भेटिएको अरुलाई खोज्ने कार्य भइरहेको प्रहरी प्रमुख दिपककुमार बस्नेतले बताउनुभएको छ ।

हराएका निवेदन तथा उजुरी प्रहरी कहाँ आउनु तर भेटिएमा प्रहरीकहाँ नभन्नाले पनि हराएका महिला तथा बालबालिका खोज्न असहज भएको प्रहरी प्रमुख बस्नेतले बताउनुभएको छ । त्यस्तै प्रहरीले सडक बालबालिका ८ जनाको उद्दार गरेको छ । रेसुङ्गा नगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टबाट बालश्रमिकको रुपमा रहेका १५ जना बालबालिकाको निजको घरपरिवारमा बुझाएको छ । साथै बाबुले आमालाई कर्तब्य गरि बिचल्लीमा परेका ३ जना बालबालिकालाई धेरै सङ्गघर्षका साथ बालगृह काठमाडौमा पठाइएको छ । ती बालबालिकाको उद्धारको लागि आफ्नो महत्तवपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी यदुनाथ पाडेललाई प्रहरी प्रमुख बस्नेतले धन्यवाद दिनुभएको छ । प्रहरीले जिल्लामा साउनदेखि यता भएका आगोलागि स्थानमा पनि प्रहरीले आफ्नो भूमिका सक्रियताका साथ निभाएको छ । जिल्लमा बाढीपहिरोमा परेका स्थानमा,मानविय क्षति भएको स्थानमा तथा जूनसुकै अपराध भएको ठाउँमा प्रहरी सुचना पाउनसाथ पुगेको लगायत विविध बिषयमा प्रहरी सक्रियता एकदमै रहेको प्रहरी प्रमुख बस्नेतले बताउनुभएको छ । प्रहरीले अपराध अनुसन्धान तथा कार्वाहीमा आत्महत्या महिला ११ र पुरुष १८ गरी २९ जनाले आत्महत्या गरेको लगायत बिषयवस्तु सहित सार्वजानिक सुनुवाई गरेको छ । सार्वजानिक सुनवाईमा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले ट्राफिक समस्याको बारेमा गुनासो राखेका थिए । गुनासोको प्रतिउत्तरमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सबै समस्या एकैचोटि समाधान गर्न नसकिने भन्दै बिस्तारै समस्या समाधान हुने बताउनुभएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख दिपककुमार बस्नेत,प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकार लगायतको उपस्थित रहेको थियो ।