कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा काँग्रेस जिम्मेवार हुन माग
यमलाल भुसाल-बुटवल २० साउन- नेपाल सांस्कृतिक महासंघको लुम्बिनी प्रदेश स्तरिय भेला तथा अन्तरक्रिया कार्यक्रममा वोल्नेहरुले नेपाली काँग्रेसको सुभेछुक संस्थाका रुपमा रहेको नेपाल सांस्कृतिक महासंघलाई जुन रुपले प्राथमिकता दिनु पर्ने हो त्यो दिन नसकेको गुनासो राखेका छन ।शनिवार बुटवलमा सम्पन्न भेलामा सहभागि लुम्बिनी प्रदेशको १२ वटै जिल्लाका सभापतिले कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा अभिभावका रुपमा रहेको नेपाली काँग्रेस गम्भिर नभएको गुनासो राखेका थिए । कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका सभापति डिल्लीनारायण पाण्डेले नेपाली काँग्रेस भित्र देखिएको गुटउपगुट सांस्कृतिक संघमा नदेखिएपनि त्यसको प्रभाव भने रहेको स्वीकार गर्नु भयो । उहाँले सांस्कृतिक संघलाई नेपाली काँग्रेस पार्टीले प्राथमिकतामा राख्न जरुरी रहेको छ भन्दै सांस्कृतिक संघको जुन महत्व छ सोही अनुसार पार्टीले स्थान नदिदा कलाकर्मीहरुको सम्मानमा कमी भएको औल्याउनु भयो ।
सोही अवसरमा सांस्कृतिक महासंघका महामन्त्री शिवसंकर रिजाल ( जोगिन्दर )ले नेपाली काँग्रेसलाई कसरी वलियो बनाउन सकिन्छ भनेर सांस्कृतिक महासंघ लागि परेको बताउदै पार्टीलाई सबल रसक्षम वनाउनका लागि समयसमयमा कार्यक्रम समेत गर्ने गरेको बताउनु भयो । सांस्कृतिक महासंघको महत्वलाई पार्टीले सदुपयोग गर्न र यस पेशामा आवद्ध कलाकर्मीको संरक्षणका लागि टेवापुग्ने गरि प्राथमिकता दिन माग गर्नु भयो । कार्यक्रममा जिल्ला सभापतिहरुको गुनासा सुझाव लगायतका भनाई सुनिसकेपछि सांस्कृतिक महासंघका केन्द्रिय सभापति तिर्थ बहादुर थापाले सांस्कृतिक कर्मीहरुको सम्मानका लागि महासंघको स्थापना गरिएको बताउनु भयो । कलाकर्मीहरुले केवल सम्मान, पेशाको सुरक्षा र पहिचानका लागि महासंघमा आवद्धता जनाउनु भएको हो ।सांस्कृतिक कर्मीले मात्र देशमा परिवर्तन गर्न सक्छन भन्ने भावना नेपाली काँग्रेसले बुझन जरुरी रहेको उहाँको कथन थियो ।
सांस्ृकतिक महासंघलाई स्थानिय तहसम्म पुराउन र हरेक स्थानिय तहमा समिति गठन गरि जिल्ला र प्रदेश समिति चययन गरि आगामी मंसिर सम्ममा केन्द्रिय समितिको अधिबेशन गर्ने गरि महासंघले अभियान शुरु गरिको छ । सोही अभियान अन्तर्गत लुम्बिनी प्रदेशको भेला भएको हो । भेलामा रुपन्देहीका अध्यक्ष राधेश्याम राज भण्डारी, खिमानन्द भटृराई प्रचण्ड जिसी , दीपु मगरं लगायतले महासंघलाई सशक्त बनाउने गरि कार्यक्रम ल्याउन जरुरी रहेको बताएका थिए ।