कानून मन्त्रीद्वारा वाशिंगटन डिसीको उन्नत फोहोर पानी प्रशोधन केन्द्रको प्राविधिक भ्रमण

प्रकाशित मिति:

नेपाल सरकारका कानून न्याय तथा संसदीय मन्त्री एवं नेपाली कांग्रेस पार्टीका उपसभापति माननीय धनराज गुरुङले गत हप्ता अगस्त २ का तारिकका दिन वाशिंगटन डिसीको को “ब्लु प्लेन उन्नत फोहोर पानी प्रशोधन केन्द्र” को प्राविधिक भ्रमण तथा अवलोकन गर्नु भयो।डिसी खानेपानी अत्याधुनिक उक्त फोहोर पानी प्रशोधन कारखाना विश्वकै सबैभन्दा ठूलो यस प्रकारको फोहोर पानी प्रशोधन केन्द्र मानिन्छ l अवलोकनको क्रममा उहाँले पानी संकलन, प्रशोधन तथा व्यवस्थापन लगायत यसका विविध आर्थिक, प्राविधिक, वातावरणीय एवं सामाजिक प्रभावको बारेमा विस्तृत रूपमा जानकारी लिनु भयो।सन् १९३७ मा निर्मित १,२७१ रोपनी (० .६२ वर्ग किलो मिटर) मा फैलिएको उक्त केन्द्रको दैनिक ३७० मिलियन ग्यालेन (१४०० मिलियन लिटर) साथै १ बिलियन ग्यालेन (३.७८ बिलियन लिटर) उच्च बहाव क्षमता रहेको छ।

जानकारीको लागी काठमाडौंको गुह्येश्वरीमा निर्माण गरिएको ‘फोहोर पानी प्रशोधन प्लान्ट(कारखाना)’ को क्षमता ३२.४ मिलियन लिटर प्रति दिन रहेको छ।ब्लु प्लेनमा अवस्थित उक्त प्रशोधन केन्द्रले वासिङ्टन डिसी लगायत वरिपरिका परिकार चार वटा जिल्ला वा क्षेत्रहरूको लगभग दुई करोड भन्दाबढी मानिसहरूलाई सेवा पुर्याउदै आएको छ। भूमिगत सुरुङ्गहरुबाट संकलित फोहोर पानी यो कारखाना (प्लान्ट)बाट प्रशोधित गरी सफा पानी पुन:नजिकै को पोटोम्याक खोलामा मिसाउने गरिन्छ। यस केन्द्रबाट फोहोर पानी प्रसोधन बाहेक उर्जा, बायोग्यास, र मल समेत निकाल्ने गरिन्छ।डिसी पानीमै कार्यरत इन्जिनियर(अभियन्ता) डा. बिपिन पाठकले मन्त्रीलाई यस केन्द्रको अवलोकन गराउदै यसका विविध पक्षको विस्तृत रूपमा जानकारी गराउनु भएको थियो।

स्वायत्त निकायको रुपमा सञ्चालित साथै आर्थिक रुपमा पनि स्वावलम्बन उक्त केन्द्रको भ्रमणको संयोजन वाशिंगटन डी.सी. क्षत्रमै कार्यरत इन्जिनियर डा. देशराज संयोकले गर्नु भएको थियो भने भ्रमण टोलीमा गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्व सल्लाहकार अर्जुन सिग्देल र मन्त्रीका स्वकीय सचिब प्रेम प्रकाश केसी सहभागी हुनु हुन्थ्यो ।छलफलको क्रममा माननीय मन्त्रीले प्रविधि हस्तान्तरणका सम्भावनाहरू, प्रबासमा रहेका नेपाली विज्ञहरुबाट हुन सक्ने योगदान र नेपालसंग गर्न सकिने सहकार्यको सम्भाव्यताका बारे विशेषताका साथ जानकारी लिनु भयो ।

थप समाचार