गहभरि ऑसु मन भरि चोट ख़ाली ठॉउ छैन

प्रकाशित मिति:

गजल संसार
गहभरि ऑसु मन भरि चोट ख़ाली ठॉउ छैन
आफ्नो जिन्दगि आफै सित राख्ने पाउ छैन
मनको बेथा लुकायर अरु संग हाँसेर पनि
लुकेको मर्म छ हॉसो भित्र तेस्को भाऊँ छैन
थर्थरायो मेरो अधर बिगत लाई सम्झियर
समालेर राख्छु भन्दा यसको कुनै गॉऊ छैन
हजारौ भिड़ मा पनि यक्लो आभास हुदा
खोजिरहे आफ्नो जिबन तेसको नाऊ छैन
बिबस्तामा दुखाउने बीगतलाई जित्न खोजे
रित्तो रित्तो भय मेरो यथार्थ मा दाउ छैन

रचना शारदा छेत्रि
हाल न्युयोर्क