८० हजार घुससहित २ इन्जिनियर पक्राउ

प्रकाशित मिति:

पुस १४, बुटवल–रुपन्देहीको सुद्दोधन गाउँपालिकाका २ जना इन्जियर घुस रकमसहित पक्राउ परेका छन् । इन्जिनियर कपिल अर्याल र सब इन्जिनियर लक्ष्मण ढुंगाना पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले २ जनालाई ८० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
दुवैजनाले नक्सा पास गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।