जय किसान बहु प्राविधिक शिक्षालय डिजिटल युगमा प्रवेश।

प्रकाशित मिति:

प्रमोद सहनी / रौतहट-रौतहटका जय किसान पोलिटेक्निकल ईन्स्टिच्युट डिजिटल मैत्री बनेको छ।रौतहटको देवाही गोनही नगरपालिका वडा नं ९ स्थित जय किसान बहुप्राविधिक शिक्षालयले अहिलेको संसार डिजिटल युगकोहो,संसार नै डिजिटल युगमा रमाईरहेका छ्न,छिटो छरितो पहुचका लागि हिजोआजको युगमा डिजिटल युग रामवाण नै सावित भएकोछ-यहि कुरालाई ध्यानमा राख्दैं रौतहटको एक मात्रै शिक्षालय जय किसान बहुप्राविधिक शिक्षालयले आज पूर्ण रूपमा विधिवत तरिकालेडिजिटल युगमा प्रवेश गरेको छ ।अब यो शिक्षालय सधैंकालागी प्रविधी मैत्री बनेको छ।

https://jkp.edu.np/ (कलेज लिन्क)डिजिटल दुनियामा प्रवेश गराउने सुम्निमा बहुप्राविधिक शिक्षालयले शिक्षालय प्रमुख राजीव कुमार ठाकुर र जय किसान बहुप्राविधिकशिक्षालय प्रमुख ई. धनोज कुमार यादवले महत्वपूर्ण भुमिका खेल्नु भएको छ।शिक्षालय डिजिटल युगमा प्रवेश गरेको कारण सबै सामु शिक्षालय सम्बन्धि प्रत्येक सुचना,जानकारी सजिलै,सहज रुपमा पुग्नेछ।अझ यो प्रविधिको आगमनले सबैभन्दा लाभान्वित यस शिक्षालयमा अध्य्यन गर्न खोज्ने र अध्य्यनरत बिद्यार्थीहरुलाई हुनेछ,सबैनागरिक,जनमानसमा शिक्षालय सम्बन्धी सहज रुपमा सुचना पुग्ने र समयसँगै आबश्यकता हेरेर वेबसाइटलाई परिमार्जन गरिदैं लगिनेकुरा शिक्षालयका शिक्षालय प्रमुख ई.धनोज कुमार यादवले बताएका छ।