आज अष्टमीव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७५ पौष १४ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको १४ गते शनिबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत पौष कृष्णपक्षको सप्तमी तिथि विहान ८।५१ बजेसम्म रहनेछ । सो पश्चात् अष्टमी तिथि लाग्नेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराफाल्गुनी नक्षत्र दिवा २।८ बजेसम्म रहनेछ । आज सूर्योदय ६।५५ मा छ भने सूर्यास्त बेलुका ५।१६ बजे हुनेछ ।

चन्द्रमा आज सिंह राशिमा छन् । अष्टमी व्रतका साथै गोरखकाली पूजा पनि परेको छ । आज दुर्गा भगवतीको उपासना शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५