जिपी कोईराला फाउन्डेशन अमेरीकका पदाधिकारी र न्युयोर्क महानगर डिष्ट्रीक्ट-२६की काउन्सील ओमेनबीच भेटघाट एवं छलफल
न्युयोर्क- आज अमेरीकाको न्युयोर्क शहरस्थित डिस्ट्रिक्ट-२६ की काउन्सील ओमेन जुली वन र गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिकाका पदाधिकारीबीच विशेष भेटघाट एवं छलफल सम्पन्न भयो।फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेको नेतृत्वमा भएको सो भेटघाट कार्यक्रममा उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी,कार्यसमिति सदस्यहरू प्रेम अधिकारी क्षेत्री र ध्रुव कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो।बिहान ११ः३० बजेबाट करीब १ घण्टासम्म भएको भेटघाट र छलफलमा फाउन्डेशनका गतिविधिबारे काउन्सील ओमेन वनले विशेष चासो राख्नुभएको थियो।सो अवसरमा फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले स्थानीय नेपाली समुदायका कागजात नभएका, भ्रमणमा आएका वा अन्य कुनैपनी कारणले नसमेटीएका नागरीकहरूको निःशुल्क स्वास्थ्य बीमा नहुँदा भोग्नुपरेको समस्या, स्थानीय टोल र सडकहरूमा विशेष गरी बढ्दै गएको रात्रीकालीन होहल्ला एवं असुरक्षा लगायत फाउन्डेशनले स्थानीय निकाय र जनप्रतीनिधीसँग सहकार्य गर्दै निःस्वार्थ ढंगले जनहितकारी काममा अगाडी बढ्ने लक्ष्य लीएको र सोका लागी सहयोग एवं विशेष पहल गरिदिनु हुन काउन्सील ओमेन समक्ष आग्रह गर्नुभएको थियो।
यसैगरी उपाध्यक्ष सुवर्ण लामाले फाउन्डेशनले वहाँहरूसँगै कोरोना कहरमा टोलटोलमा अत्यावश्यक स्वास्थ्य एवं खाद्य सामग्री सहीत घरदैलो गरेको स्मरण गराउँदै भविष्यमापनी निसर्त समाज सेवामा लागीरहने प्रतीवद्दता व्यक्त गर्नुभयो।प्रवक्ता रामचन्द्र अधिकारीले स्थानीय जनप्रतिनिधीहरुले टोलछिमेकका जनसमुदायका समस्या र गुनासोहरू सुनेर सोको समाधान गर्न लागिपर्नुपर्ने र आवश्यक परेमा माथिल्लो निकायसम्म पुर्याउने पुलको रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो। यसैगरी कार्य समिति सदस्य प्रेम अधिकारी क्षेत्री ले समुदायको हकहितमा आफुहरू फाउन्डेशन मार्फत लागीरहने र यस्मा वहाँको साथ र सहयोगको लागी अनुरोध गर्नुभयो भने अर्का कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले सकारात्मक एवं जनहितकारी काममा आफु हरू विगतमा लागीपरेको र भविष्यमापनी लागीपर्नेमा जोडदिँदै सिटी लगायत स्थानीय सरकारले आफुहरूलाई अग्रिम जानकारी दिनपनी अनुरोध गर्नुभयो।जबाफमा काउन्सील ओमेन जुली वनले फाउन्डेशन पदाधिकारी को टीमलाई कार्यालयमा स्वागत गर्नपाउँदा आफुलाई अत्यन्त खुशी लागेको बताउँदै आफुले प्रायः आफ्नो डिस्ट्रिक्ट अन्तर्गत गरीने कार्यक्रमहरूमा फाउन्डेशनको सकृय सहभागिता पाएको र फाउन्डेशनले कोभिडको डरलाग्दो समयमा अतुलनीय काम गरेकोमा उच्च प्रशंसा समेत गर्नुभयो।
वहाँले आफुले सकारात्मक काम गर्ने फाउन्डेशन लगायतका गैरनाफामुलक संघस्स्थाहरूलाई यथासंभव आर्थिक एवं भौतिक सहयोग गर्ने र सोकालागी प्रष्ट खाकासहितको वार्षिक कार्ययोजना पेश गर्न सबैलाई आग्रह गर्नुभयो।वहाँले नेपलीभाषी लगायत सिटीमा छरीएर रहेका माईनोरीटी समुदायलाई एकमुष्ट रूपमा संगठीत भै प्राथमिकताका आधारमा समस्या पेश गरेको खण्डमा नगरले अवस्य सुन्दछ र नसुनेमा त्यस्को नेतृत्व आँफैले गरी समाधानका लागी लागीपर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभयो। अन्त्यमा फाउन्डेशन परीवारको तर्फवाट वहाँलाई अध्यक्ष सोमनाथ घिमीरेले खादा ओढाई फाउन्डेशन परीवारको तर्फवाट मायाको चिनोस्वरूप नेपाल झल्काउने केही उपहारहरू हस्तान्तरण गर्नुभएको थियो।