आज योमरी पुन्ही, नेवार समुदायमा धुमधामका साथ मनाइँदै

प्रकाशित मिति:

गल्याङ—८, माघ,
देशभर कम्युनिष्ट सरकारले गरेको असंबैधानिक कदम बिरुद्ध प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेस आन्दोल गरिरहेका बेला केपाल कम्युनिष्ट पाटीका अगुवा कार्यकर्ताहरु धमाधम काँग्रेसमा प्रवेश गरिरहेका छन् । नेपाली काँग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार देशभरीका वडागतरुपमा कम्युनिष्ट सरकारले गरेको असंबैधानिक कदम बिरुद्ध आन्दोलन गर्न निर्देशित अनुसार स्याङ्जामा पनि आन्दोलन सम्पन्न भएको छ । काँग्रेसले गरिरहेको बिरोध स्वरुप आन्दोलनमा गल्याङ नगरपालिका १० मा अगुवा कम्युनिष्ट नेता काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि गुरुप्रसाद भट्टराई र सोही वडाका वडा अध्यक्ष ध्रुवशर्मा पंगेनीले अगुवा कम्युनिष्ट नेतालाई प्रवेश गराएका हुन् । भट्टराईले कम्युनिष्टका अगुवा नेता रमेश बस्नेत र दिपक खत्रीलाई एक कार्यक्रमका विच फुलमाला र अविर लगाएर काँग्रेसमा स्वागत गरेका छन् । बिरोध तथा पाटी प्रवेश कार्यक्रममा नेता भट्टराईले नेपालका कम्युनिष्ट पाटीबाट देशको समृद्धि र विकास नहुने जिकिर गरे ।
भागबण्डा नमिलेर संसद विघटनको यात्रा रोज्ने कम्युनिष्ट सरकार संविधानको रक्षार्थ हुन नसक्ने भन्दै सबैखाले तानाशाहलाई ठेगान लगाउने काँग्रेसलाई नजिस्काउन कम्युनिष्टहरुलाई चेतावनी दिए । हत्या, हिंसा, बलत्कार, भष्टचार लगायतमा लिप्त रहने कम्युनिष्टहरु लाई समाप्त पार्न सबै एक हुने बेला आएको भट्टराईले बताए । गफ र उखान टुक्का मात्रै जानेका प्रधानमन्त्री ओलीका कारण देशले ठुलो दुर्घट्ना व्यहोर्न परेको वडा अध्यक्ष ध्रुवशर्मा पंगेनीले बताए ।