हरिश ढकाल- बुटवल- भदौ । पाल्पाको ऐतिहासिक भगवती जात्राका अवसरमा भोली भदौ २१ गते बुधबारका दिन बुटवलदेखि तानसेन जाने र आउने बसमा ५० प्रतिशत बसभाडा छुट हुने भएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रालिको बैठकले नेपाल अंग्रेज युद्धमा बिजय हासिल गरेको सम्झनामा तानसेनमा प्रदर्शन गरिने भगवती जात्राका अवसरमा ५० प्रतिशत भाडा छुटदिने निर्णय गरेको हो ।पश्चिम नेपाल बस ब्यबसायी प्रालिबाट संचालित यात्रुबहाक बसमा बसपार्कस्थित काउन्टर र अन्य बुकिङ्ग काउन्टरबाट टिकट काटेमा मात्र सो सुबिधा प्राप्त हुने जनाइएको छ । प्रालिका अनुसार बुटवलदेखि सिधा तानसेन र तानसेनदेखि सिधा बुटवल आउने जाने दुबैतर्फबाट यात्रुहरुका लागि सो सुबिधा प्राप्त हुने प्रालिद्वारा प्रकासित सुचनामा उल्लेख छ ।
सन.१८७१ देखि १८७३ सम्म बुटवलको जीतगढीमा भएको नेपाल अंग्रेज युद्धमा नेपाली सेनाले बहादुरी र चतुराईंपुर्वक प्रतिकार गर्दै ब्रिटिश सेनामाथि बिजय हासिल गरेको थियो । सो युद्ध र बिजय हासिल गरेको दिनको सम्झनामा तानसेनमा प्रदर्शन गरिने रणउजेश्वरी भगवती रथयात्राको सम्मान स्वरुप बसभाडामा ५० प्रतिशत छुट दिइएको पश्चिम नेपाल बस ब्यबसायी प्रालिले जनाएको छ ।प्रालिका प्रबन्ध संचालक रामचन्द्र भुसालद्वारा प्रकासित सुचनाका अनुसार बुटवलबाट पाल्पाको तानसेन जाने र तानसेनबाट बुटवल आउने यात्रुले बसपार्कस्थित टिकट काउन्टरबाट टिकट काटेमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । बसपार्कस्थित काउन्टरबाट टिकट नकाट्ने यात्रुले भने सो सुबिधा प्राप्त गर्न नसक्ने जानकारी गराउदै प्रबन्धक भुसालले आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुगोस भन्ने उद्देश्यले सो निर्णय गरिएको बताए ।