अमेरिकामा प्रेमीसँग विनिताको इन्गेजमेन्ट !

प्रकाशित मिति:

हुनत, थोरै चलचित्र खेलेर पनि कुनै नायिकाले सबैभन्दा चर्चा पाएका छन् भने त्यसमा पहिलो नम्बरमा नायिका विनिता बरालको नाम आउँछ । तर, विनिता बरालले पहिलो चलचित्र ‘चपली हाइट’बाट पाएको सफलता त्यसपछि पाइनन् । यसपछि उनी कृषि पेशामा लागिन् र अमेरिकातिर हानिइन् ।
अमेरिका हानिएको केहि समयमा नै उनी अमेरिकामा नै बसोबास गर्दै आएका स्याङ्जाका तिलक पौडेलसँग प्रेममा परिन् । तिलकसँग प्रेममा रहेको करिब २ बर्षपछि उनले इन्गेजमेन्ट गरेकी छिन् । बिनिता र तिलकले यसै साता इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्ट गरेपछि विनिता प्रफुल्ल देखिएकी छिन् ।