विपक्षीसामु झुके कंगोका राष्ट्रपति, चुनावको मिति घोषणा गर्न बाध्य

प्रकाशित मिति:

पुस १४, कंगो–१७ वर्षदेखि शासनरत सरकारविरुद्ध प्रर्दशन बढ्दै गएपछि कङ्गोको सरकारले यही डिसेम्बर ३० मै निर्वाचन गराउने भएको छ । निर्वाचन पछाडि सार्ने निर्णयलाई सच्याउँदै सरकारले डिसेम्बर ३० मै निर्वाचन गर्ने निश्चित भएको राष्ट्रपति जोसेफ काबिलाले पुष्टी गरेका छन् । कङ्गोमा राष्ट्रपतीय निर्वाचनको मिति घोषणा गरे पनि सुनिश्चत नभएपछि विवाद चर्किदै गएर विपक्षीहरू आन्दोलनमा उत्रिएका छन् ।
तर, राष्ट्रपति काबिलाले निर्धारित समयमै निर्वाचन गराउने प्रतिबद्धता जनाएको अल जजिरा टेलिभिजनले जनाएको छ । राष्ट्रपति काबिला विगत १७ वर्षदेखि राष्ट्रपतिको रूपमा रहेका छन् । कतिपयले निश्पक्ष, स्वतन्त्र निर्वाचन गराउनेमा आशंका व्यक्र गर्दै आएका छन् ।