सिन्धुपाल्चोकमा राष्ट्रिय जलवायु सम्मेलन हुने

१४ पुष २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया


अनिल सापकोटा,
पुस १४ , काठमाडौँ । नेपाल जलवायु परीवर्तनको चपेटामा परेको आवाज बुलन्द गर्नका लागि जिल्ला समन्वय समितीले सिन्धुपाल्चोकले ‘राष्ट्रिय जलवायु सम्मेलन’ गर्ने भएको छ ।

पुस १५,१६ र १७ गते सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं। ९ स्थित ज्यामिरे गुफाडाँडामा हुने राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा रहेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीद्घारा उत्घाटन हुने सम्मेलनमा ११ जना वातावरणिय तथा जलवायु विज्ञ, विभिन्न मन्त्रीहरु तथा ७७ जिल्लाबाट प्रमूख, उपप्रमुख सहित १ जना प्रतिनिधी समेत सहभागी हुने आयोजकले बताए ।

सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्र र छलफलबाट सिन्धुपाल्चोक घोषणापत्र जारी गरि जलवायु अनुकुल योजना निर्माणबारे सन्देश दिने र यसबारे सबैलाई सचेत गराउने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । औधौगिक मुलुलहरुले उत्र्सजन गर्ने कार्वनको मार खेपिरहेका हामिले सम्मेलन मार्फत औधौगिक मुलुलहरुबाट कार्वन उत्र्सजन गरेबापत कार्वन उत्र्सजनबाट मार खेपिरहेका मुलुकलाई शुल्क तिर्नुपर्ने व्यवस्था होस भनेर दबाब दिने विषयमा पनि सम्मेलनमा छलफल हुने आयोजकले जनाए । जलवायु परीवर्तनका बारेमा विभिन्न कार्यक्रम भएतापनि राष्ट्रिय स्तरमा भने पहिलोपल्ट यति ठूलो सम्मेलन हुन लागेको आयोजकको दाबि छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया