बीपी साहित्य सम्मेलनअन्तर्गत सोमबार दोश्रो दिन विभिन्न सत्रमा बहस

प्रकाशित मिति:

काठमाडौं, साउन- नेपाली कांग्रेसले आयोजना गरेको भएको छ। महोत्सवको दोस्रो दिन ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको छ भने भारतका प्रख्यात प्राध्यापक आनन्दकुमारले ‘मार्क्स , गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गरिएको थियो।सो क्रममा प्राध्यापक आनन्द कुमारले समाजवादी नेता बीपी कोइरालाले जीवनभर सामान्तवादका विरुद्ध लडिरहेको बताए। पुँजीवाद असफल भएपछि सामान्तवाद बच्न सकेको भन्दै कम्युनिष्टहरुले पूँजीवादमा पार्टी सञ्चालन गरिरहेको उनको भनाइ छ।

त्यस्तै सोमबार नै कांग्रेस महामन्त्री गगन कुमार थापाको सहजीकरणमा विज्ञहरु हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झासँग ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा विचार मन्थन गरिएको थियो। सो क्रममा मञ्चला झाले देशमा बैकल्पीक शक्ति आएपनि अहिले पनि आस्था र विश्वासको केन्द्रबिन्दु कांग्रेस भएको बताइन्। उनले व्यवस्था फेरीसकेको भन्दै पार्टी र देशको अवस्था फेर्नुपर्ने बताइन्।त्यस्तै विपिन अधिकारीले मुलुकको व्यवस्थालाई लगन र निष्टासहित कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। विभिन्न प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाएर स्थीरता दिन सक्ने बताए।त्यस्तै पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, प्रदीप ज्ञवाली लगाएतको उपस्थीतिमा ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ विषयमा छलफल भएको छ। बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपा ललितपुरमा तीनदिने महोत्सव आयोजना गरिएको हो।