नेपाल प्रहरीले भित्रायो अत्याधुनिक सेवासहितको भ्यान

प्रकाशित मिति:

अनिल सापकोटा,
पुस, काठमाडौँ । नेपाल प्रहरीले अपराध अनुसन्धानलाई चुस्त दुरुस्त बनाउनका लागि अत्यावश्यक आधुनिक उपकरण जडान गरिएको मोबाईल फोरेन्सिक इन्भेष्टिकेशन भ्यान भित्राएको छ ।

एक कार्यक्रमका बिचमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनलाई स्रोत, साधन र प्रविधीयुक्त बनाउने प्रतिबद्घता सहित महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख वरीष्ठ प्रहरी उपरिक्षक धिरजप्रताप सिंहलाई उक्त भ्यानको चाबी हस्तान्त्रण गर्नुभएको छ । प्रहरीले जनताको अपेक्षा अनुरुप सेवा प्रदान गर्न निश्पक्ष र इमानदारी पूर्वक काम गर्नुपर्ने बताउदै स्रोत र साधनको उचितप्रयोग गर्न आग्रहगर्नुभएको छ । कार्यक्रमम ाबोल्दै खनालले भन्नुभयो “ अनुसन्धानमा खटिने प्रहरी अधिकृतहरुले यस्ता प्रविधीको समुचित ढङ्गले प्रयोग गर्नुपर्छ, यसले राम्रो नतिजादिने कुरामाकुनै संका छैन् । यसले अनुसन्धानमा ठूलो सहयोग गर्ने विश्वास लिएका छौँ, आगामी दिनमा यस्ता प्रविधीहरुलाई प्रदेशहरुमा पनि विस्तार गर्दै लैजाने योजना छन् ।”

९६ लाखमा खरिद गरिएको उक्तमोबाईल फोरेन्सिक इन्भेष्टिकेशन भ्यानको महत्व सम्बन्ध ीप्रतिवेदन प्रस्तुत गर्दै प्रहरी नायब महानिरीक्षक सुर्यप्रसाद उपाध्यायले अनुसन्धानलाई थप वैज्ञानिक र प्रभावकारी बनाउने उद्देश्यका साथ क्राइम एक्सन अन्तर्गत आर्थिक वर्ष २०७४÷७५ को बजेटबाट खरिद गरीएको जानकारी दिनुभयो । उक्त इन्भेष्टिकेशन भ्यानमा क्राइम स्किन, इन्भेष्टिकेशन किट, डि.एन.ए. स्यामपल लगायतका १६ किसिमका मोबाईल फोरेन्सिक इन्भेष्टिकेशन किट जडान गरिएको बताउनुभयो ।