यस्ताे रहृयो लायन्स क्लव अफ सैनामैना मलमलाको सातौं चार्टर नाइट

प्रकाशित मिति:

बुटवल – लायन्स क्लव अफ सैनामैना मलमलाले क्लबको सातौं चार्टर नाइट सम्पन्न गरेको छ । क्लब स्थापनाको सातौं वर्षको अबसरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै चार्टर नाइट सम्पन्न गरेको क्लबका पुर्व अध्यक्ष सरोज पन्थले जानकारी दिए। चार्टर नाइट कर्यक्रममा बोल्दै प्रमूख अतिथी डिष्ट्रिक्ट गभर्नर पी एम जे एफ लायन अर्जुनमान सैजुले बिभिन्न क्लवहरुको भीडमा लायन्स क्लब अफ सैनामैनाले उत्कृष्ट कार्य गरेको भन्दै आगामी दिनमा सामजिक क्षेत्रमा रचनात्मक कार्य गर्नेपर्ने जोड दिए ।

यस्तै कार्यक्रममा विशिष्ठ अतिथी फस्ट भी पी पुरुषोत्तम प्रधानांङ , सेकेण्ड भी पी बालाराम भट्टर्राई, क्लवका चार्टर प्रेसिडेन्ट कृष्ण प्रसाद शर्मा, एरिया चिफ कल्पना सिवाकोटी,एरिया सेक्रेटरी शान्ता शर्मा, लायन्स क्लव अफ सैनामैना बोलबमकी पूर्व अध्यक्ष सुशीला शर्मा पन्थ, लायन्स क्लव अफ सैनामैना स्टारका अध्यक्ष शिवराज पोख्रेल लगायतले बोल्दै क्लब स्थापनाको छोटो समयमा गरेका रचनात्मक कामलाइ अघी बढाउँदै सामाजिका उत्तरदायित्व सहितका कार्यक्रमलाइ प्राथमिकता दिदै अघी बढ्न सुझाएका थिय । क्लबका अध्यक्ष विजय काफ्लेकाे अध्यक्षतामा तथा चार्टर प्रेसिडेन्ट कृष्ण शर्माकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे सञ्चालन रामु वनले गरेका थिए । यस्तै क्लवले तीज बिशेष कार्यक्रम पनि चार्टर डे मै सम्पन्न गरेको क्लबका पूर्व अध्यक्ष युवराज कार्कीले जानकारी दिए ।