फिलिपिन्समा ६।९ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

प्रकाशित मिति:

१४ पुस, काठमाडौं । फिलिपिन्समा ६।९ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार, शनिबार बिहान ११ः३९ बजे भूकम्प गएको हो । भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी दिइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९यूएसजीएस० ले दक्षिणी फिलिपिन्सको पोन्डागुइटननजिकै केन्द्रबिन्दु भएर ६।९ को भूकम्प गएको बताएको छ । भूकम्पको धक्का मिन्डाओ, डाभाओलगायतमा क्षेत्रमा महसुस भएको बताइए पनि मानवीय तथा भौतिक क्षतिबारेको विवरण आइनसकेको सीएनएनले जनाएको छ ।सीएनएनका अनुसार, अमेरिकाको प्यासिफिक सुनामी वार्निङ सेन्टरले सुनामीको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।फिलिपिन्स भूकम्पीय जोखिममा रहेका देशहरुको अग्रपंक्तिमा पर्छ । सन् २०१७ को जुलाईमा पनि यहाँ ६।९ रेक्टर स्केलको भूकम्प गएको थियो ।