सैनामैनामा माघी महोत्सव हुने

प्रकाशित मिति:

माघी पर्वको पुर्व सन्ध्यामा रुपन्देही जिल्लाको सैनामैनामा माघी महोत्सव लाग्ने भएको छ । पौष २६, २७ र २८ गते सैनामैनाको पर्रोहा माविको प्राङ्गणमा आयोजना हुने महोत्सवको तयारी सुरु भएको आयोजक सैनामैना थारु कल्याणकारीणी सभा नगर समितिले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

महोत्सवमा थारु समुदायका विभिन्न परिकार सहित थारु संस्कृतिक कार्यक्रमको आयोजना गरिने सैनामैना नगर समितिका अध्यक्ष दुल बहादुर चौधरीले जानकारी दिनु भएको छ । २६ र २७ गते रक्तदान कार्यक्रम सहित विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको उँहाले जानकारी दिनु भएको छ । २८ गते मूलसमारोह सहित थारु संस्कृतिको बृहत्त कार्यक्रमको आयोजना गरिएको चौधरीले बताउनु भयो । थारु समुदायको लोप हुन लागेको विभिन्न सांस्कृति भाँकी सहित सबै समुदायका बिचमा माघी पर्व मनाउन लागिएको थारु कल्याणकारीणी सभा रुपन्देहीको पुर्वअध्यक्ष रामबलि चौधरीले जानकारी दिनु भएको छ ।

सबै समुदायसँग मिलेर पर्व मनाउँदा सामाजिक सत्भाव बढ्ने र संस्कृतिको समेत सरक्षणमा टेवा पुग्ने उँहाले बताउँनु भएको छ । महोत्सवमा थारु परिकार प्रर्दशनमा राखिने छ । भने सैनामैनामा भएका ११ वडा वडाको विभिन्न आर्कषक खालका स्टल रहने आयोजकले जानकारी दिएको छ । थारु कल्याणकारीणी सभाका केन्द्रीय पारषद खुशीराम चौधरी, महिला नेतृ पुनम चौधरी, राज कुमार चौधरी , धनिराम चौधरी लगायतको उपस्थितीमा आयोजना गरिएको पत्रकार सम्मेलनको सञ्चालन चन्द्रमान चौधरीले गर्नु भएको थियो ।