असोज ०६ गते
नवलपरासी । नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीको जिल्ला कार्यसमितिले केन्द्रिय सदस्य एव पुर्व गृह राज्य मन्त्री देबेन्द्र राज कण्डेललाई कारवाहीको माग गरेको छ ।
असोजको ५ गते केन्द्रिय समितीमा कण्डेलले बोलेको अभिव्यक्तीको घोर भर्सना गर्दै जिल्लाले कण्डेललाई कारवाहिको माग गरेको हो । कंण्डेल पार्टी हित बिपरित बोलेको भन्दै केन्द्रिय कार्यसमितिको बैठकको रेकर्डबाट तत्काल हटाउन समिति माग गरेको छ ।
नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको असोज ५ गतेको बैठकमा कण्डेलले २ बर्ष देखी जिल्ला कार्यसमितिको बैठकमा सभापति उपस्तिथि नहुने, कार्यवाहक सभापतिको भरमा पार्टी चलेको, कार्यवाहक सभापतिले पार्टीमा भोट नहालेको, जिल्ला कार्यसमिती पुरै घण्टीको कब्जामा रहेको बताउनु भएको थियो ।
जिल्ला कार्यसमितिका सभापति अर्जुन पोखरेलले कण्डेलले सधै आफू केन्द्रित राजनीति गरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ-” कण्डेल जिले २०४८ सालमा पार्टीमा कृष्ण चन्द्र नेपालीले टिकट ल्याउदा अनसन बस्नु भयो । २०६४ सालमा पार्टीका उम्मेदवार देव करण कलवारलाई हराउन हृदयेश त्रीपाठीलाइ मत दिनु निर्देशन दिनु भयो, अहिलेको स्थानीय चुनावमा सुनवल नगरपालिका, रामग्राम नगरपालिका र पाल्हिनन्दन गाउपालिकामा पार्टी उम्मेदवार बिरुद्ध लाग्नु भयो, जिल्ला समन्वय समितिको प्रमुखमा आर्थिक प्रलोभनमा परि पार्टीका आधिकारिक उम्मेदवार हराउनलाग्नु भयो । उहाकै हैकमवादले सदैव कार्यकर्ताको भावना र पार्टीको हितबिपरित भएको छ ।”
जिल्लामा भातृ संस्थाहरुको गठनका बिषयमा जिल्ला कार्यसमिति सङ्ग कुनै पनि समन्वय नै नगरी सोझै केन्द्रबाट सभापति नियुक्ति गर्ने रबैयाले कण्डेल देखाएको जिल्ला सभापति अर्जुन पोखरेलद्रारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रिय बैठकमा कण्डेलले जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कार्यसमितिलाई भङ्ग गर्न माग गरेपछि नेपाली काङ्ग्रेस नवलपरासीको विवाद उत्कर्षमा पुगेको छ । जिल्लामा सस्थापन पक्षमा केन्द्रिय सदस्य देबेन्द्रराज कण्डेल र सस्थापन इतर पक्षमा लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालले नेतृत्व गरेको २ गुट प्रष्ट देखिन्छ । अहिलेको जिल्ला कार्यसमितिमा खनाल बलियो छन भने कण्डेल कमजोर छ ।
अहिलेको जिल्ला कार्यसमितिलाई कण्डेलले आफू अनुकुल चलाउन नसके पछि कार्यसमितिका विरुद्धमा कण्डेल लागेको जिल्ला सचिब कुलदिप आचार्यले बताउनु भयो ।