स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ जैपते स्थित सित्मामा स्थानीय आशिष न्यौपानले सञ्चालन गरेको बहुउद्देश्यीय कृषि फार्म’ मा चितुवाले आक्रमण गर्दा झण्डै २ सय कालिज मरेका छन् । बुधबार विहान फार्ममा दानापानी दिन जाँदा सञ्चालक न्यौपानेको फार्मका उक्त कालिज मृत भेटिएका थिए । दशै तिहारका लागि तयार पारिएका कालिज चितुवाको आक्रमणबाट मारिए पछि न्यौपाने चिन्तित मात्रै छैनन् राज्यका निकायबाट बिशेश सहयोग होस् भन्ने अपेक्षा समेत राख्छन् । यद्यपि नेपालमा कतिपय क्षेत्रमा विभिन्न बिमा गरिएका हुन्छन् तर यसमा बिमा गरिएको बुझिदैन् । यस्तै वालिङमा बंगुर फार्म सञ्चालन गरेका भिम लुईटेलको फार्ममा समेत पटकपटक चितुवाको आक्रमण भएको थियोे भने सयौं बंगुर मरेका थिए ।