पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रत्तदान

प्रकाशित मिति:

असोज, भैरहवा पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रत्तदान कार्यक्रम गरेको छ । शनिबार एक कार्यक्रमका बिच सहकारीले तिलोत्तमा रत्तदाता समाज, दुर्गा भवानी टोल विकास संस्था, रोट्रयाक्ट क्लब अफ कोटिहवा र लायन्स क्लब अफ सिद्धार्थनगर मिडटाउन कोटिहवाको सहकार्यमा रत्तदान कार्यक्रम गरेको हो । रत्तदान गर्न आउने मानिस रत्तदान जिवनदान भन्ने मानयतालाई आत्मसात गर्दै उत्सुक्ता पुर्वक रत्तदान गरिरहेका थिए । मुलुकमा रगतको अभावलाई पुर्तिगर्न सो सहकारी संस्थाले रत्तदान कार्यक्रमको आयोजना गरेको हो । रत्तदान कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नं १५का वडा अध्यक्ष खेमराज गुरुङले पशुपति सहकारीले सुरुवाति दिन देखिनै बचत सँग सँगै सामाजिक काम समेत अतुलनिय योगदान पु¥याएको बताए । उनले रक्तदान जिवन दान भएकाले यस्ता समाजिक कार्यले समाजमा सकारत्मक सन्देश दिने बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजन गर्न आग्रह गरे ।

पशुपती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष डोल राज बस्यालले समाजमा बढ्दै गरेको रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले कार्यक्रम गरेको बताए । उनले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।आफ्नो वार्षीक योजना अनुसार मानवीय भावना राख्दै रत्तदान कार्यक्रम गरेको कार्यक्रम संयोजक तारा प्रसाद नेपालले बताए ।उक्त रक्तदान कार्यक्रममा १०१ जनाले रत्तदान गरेका थिए भनि १०१ युनिट रगत सकंलन गरी नेपाल रेड क्रस सोसाईटी रुपन्देहीलाइ हस्तान्तरण भएको थियो ।सो संस्थाले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वाथ्य खानेपानी , सहकारी शिक्षा अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।संस्थाले हरेक वर्ष रक्तदानका साथै समाजका बिभिन्न क्षेत्रमा अमुल्य योगदान पु¥याएका बुद्धिजिबी, समाजसेवीहरु, पत्रकारहरुका साथै यस क्षेत्रका विभिन्न विद्यालयमा अध्ययन गर्ने गरीब तथा जेहेन्दार विद्याथीलाई छात्रवृत्ति वितरण, अशक्त असहाय, वृद्ध वृद्धाहरुलाई आर्थिक सहयोग प्रदान लगायतका कार्यक्रम पनि गर्दै आएको छ