
अन्तरिक्षमा सबैभन्दा बढी दिन बिताउने पहिलो अमेरिकी अन्तरिक्षयात्री फ्रांक रुबियो
काठमाडौं, असोज – नासाका अन्तरिक्षयात्री डा। फ्रांक रुबियो अन्तरिक्षमा एक वर्षभन्दा बढी बिताएर पृथ्वीमा फर्किएका छन्।अन्तरिक्षमा सबैभन्दा बढी अर्थात् ३७१ दिन बिताउने उनी पहिलो अमेरिकी अन्तरिक्ष यात्री बनेका छन्। आफ्ना दुई रुसी अन्तरिक्षयात्री साथीसँगै २०२२ सेप्टेम्बर २१ मा इन्टरनेसनल स्पेस स्टेसन पुगेका रुबियो २७ सेप्टेम्बर, बुधबार पृथ्वीमा फर्किएका हुन् ।उनको लामो बसाइले आगामी दिनमा चन्द्रमा, मङ्गल ग्रह तथा अन्य बाह्य ग्रहमा अन्वेषण गर्न वैज्ञानिकलाई बाटो खुलेको नासाले उल्लेख गरेको छ।रुबियो तथा अन्य दुई रुसी अन्तरिक्ष यात्रीले त्यस अवधिमा पृथ्वीलाई पाँच हजार ९३६ पटक परिक्रमा गरेका छन् । यो भनेको २५ करोड ३० लाख किलोमिटर दूरी हाराहारी हो । नासाका अनुसार यो दूरी चन्द्रमामा ३२८ खेप आउन–जान लाग्ने दूरी हो ।