एनआरएनए आईसीसी महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदी- यस्ता छन प्रतिवद्धता

प्रकाशित मिति:

बुद्धिसागर सुवेदी विदेशी भूमिमा रहेर काम गरिरहेका गैर आवासीय नेपाली संघ एनआरएनएका अभियन्ता तथा व्यवसायी हुन । एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिका एनसीसी अमेरिकाको अध्यक्ष हुँदा सफल नेतृत्व गरेका सुवेदी अहिले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीको ११औँ महाधिवेशनमा महासचिवको प्रत्यासी छन । सुवेदी महासचिवको उम्मेदवारीका बारेमा प्रष्ट पार्न र त्यहाँका एनआरएनएहरूको सुझाव संकलन गर्न विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्सँग छलफल र भेटघाटमा व्यस्त रहेका छन ।

२०१० देखि एनआरएनए अभियानमा संलग्न सुवेदीले, एनआरएनको विस्कन्सन च्याप्टरको संस्थापक अध्यक्ष हुदै, एनआरएन एनसीसी अमेरिकामा विभिन्न तीन कार्यकाल काम गर्दै अध्यक्ष भएर सफलता पूर्वक जिम्मेवारी पूरा गरेका थिए । राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष हुँदा नमुना काम गरेका थिए । उनीले झोलामा रहेको संस्था आफ्नै भवनमा पुर्याउन नेतृत्व गरे । सबैभन्दा बढी सदस्य रहेको एनसीसीको सफल नेतृत्व गर्दै, एनआरएनए अमेरिकाको आफ्नै भवनबाट कार्यालय सञ्चालनका लागि आफैँ भवन खरिद समितिको संयोजक भएर काम गरेका उनले ८२ राष्ट्रिय समन्वय समितिमा आफ्नै घर हुने पहिलो समिति बनाए । एनआरएन हाँक्ने स्पष्ट दृष्टिकोण बोकेर हिँडेका सुवेदी एनआरएनको इतिहास थप पारदर्शी र गर्विलो बनाउन चाहन्छन ।तेसैले, अहिले आइसीसीको महासचिव भएर सफल नेतृत्व दिन चाहन्छन । नेपालमा हुँदादेखि नै सामाजिक काममा क्रियाशिल रहेका सुवेदी, त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा अमेरिका पुगेका थिए। तेहा पनि सामाजिक काममा क्रियाशिल रहदै, अमेरिकामै दुई सय बढी नेपालीलाई रोजगारी दिएका छन । स्याङ्जामा जन्मेर चितवनमा हुर्केका सुवेदी ग्रामिण, सहरी र विदेशी सबै परिवेश बुझेका सकारात्मक सोचका साथ काम गर्ने व्यक्ति हुन र ११औँ महाधिवेशनमा महासचिवको सबैभन्दा उपयुक्त प्रत्यासी रहेकोएनआरएनए अभियन्ताहरुले बताउने गर्छन ।

एनआरएनए अभियानमा लागेर आफ्नो व्यवसायसँगै सक्रिय रुपमा सुवेदीले अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन् । सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डम लगाएतका होटल र सुपरमार्केटहरु संचालन गरिरहेका छन् भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । सुवेदीले केही साताअघि मात्र भैरहवामा रहेको पाचँ तारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन । पछिल्लो समय सबैको माझ लोकप्रिय, हसिला र सरल स्वभावका सुबेदीले संस्थागत बिकास र एनआरएनएमा सबैको अपनत्व बोधको लागि महासचिवमा सहयोग गरिदिन अनुरोध गरेका छन ।

यस्ता छन सुवेदीका प्रतिवद्धता- महासचिवका उम्मेदवार सुवेदीले एनआरएनलाई आमुल परिवर्तन गर्नको लागी आवश्यक पद्धति र आर्थिक पारदर्शीता सहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न र वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकारसँग आवश्यक संवाद मार्फत कार्यान्वयन गर्न, महिला, युवा लगायत दोश्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्ने बताएका छन । यस्तै सबैलाई एनआरएनएमा सहभागिताको सुनिश्चितता गराउन साथै नेपाली कला संस्कृति, संस्कार अनि परम्परालाई नेपाली डायस्पोरामा पुर्याउन, गैर आवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिहरुको पारदर्शितारूपमा सुरुवात गर्दै सचिवालय सञ्चालन गर्ने र अनावश्यक आर्थिक चलखेल र अनियमितालाई रोक्ने र नियन्त्रणको निम्ति पारदर्शीरुपमा सार्वजनिक गर्न, अनावश्यक कर्मचारी समेत कटौती गर्न आफ्नो उमेद्धवारी रहेको सुवेदीको भनाइ छ ।

गैर आवासीय नेपाली संघको पंजीकृत सदस्य र राष्ट्रिय समन्वय परिषदहरु स्वाधीनता र स्वतन्त्रतामा हस्तक्षेप नगरी समन्वयकारी भूमिका निर्वाह गरेर विधानको पूर्ण कार्यान्वयनका लागी आफू र आफू नेतृत्वको टिम पूर्ण प्रतिबद्ध हुँदै संघलाई एनआरएनको मन मस्तिष्क सँग जोड्ने उनको योजना छ । एनआरएनलाई राम्रो संस्था बनाउने आफ्नो मुख्य लक्ष्य राखेका सुवेदीले महासचिवमा सबैको सहयोग र मतको अपेक्षा गरेका छन । सुवेदीले गैरआवासीय नेपालीहरूको सम्मानै आफ्नो पहिचान भएको बताएका छन ।